विपक्षी गठबन्धनमा लागेका नेपाल–खनालसहित ११ जना एमालेबाट निष्कासित « Khabarhub

विपक्षी गठबन्धनमा लागेका नेपाल–खनालसहित ११ जना एमालेबाट निष्कासित


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीको अनुशासन विपरीत गतिविधि गरेको भन्दै नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना सांसदलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका ११ सदस्यमाथि कारवाही गर्ने निर्णय गरेको हो।

बैठकले वरिष्ठ नेता नेपाल, खनालसँगै नेताहरु भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनले भने, ‘स्पष्टिकरण सोधिएका ११ जना नेतनलाई साधारण सदस्यसमेत नहरनेग री कारबाहीको निर्णय भएको छ । बाँकी अरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।’

बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका अन्य नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यस्तै बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय गरेको छ ।

आज रिट निवेदनमा २३ जना सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भएको थियो । कांग्रेस सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाएको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका हुन् । नेपाल पक्षका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका थिए ।

यसअघि गत शुक्रबार विपक्षी गठबन्धनका १४९ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका थिए । जसमा एमालेको नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेको दाबी गरिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ७ : २१ बजे

सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी

सुनसरी- स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुनसरीमा सर्वसाधारणको घरमा आगजनी

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार