प्रतिनिधिसभा विघटन प्रकरण : आज पनि विपक्षी गठबन्धनको पक्षमा बहस | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन प्रकरण : आज पनि विपक्षी गठबन्धनको पक्षमा बहस


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

आजको सुनुवाइमा पनि विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटका पक्षधर अधिवक्ताहरूले बहस गर्नेछन् ।

सर्वोच्चले निवेदकहरुलाई बहसका लागि छुट्याएको १५ घन्टाको समयमा करिव ४ घण्टा सकिएकाले बाँकी समयमा निवेदकहरूले बहस सक्नु पर्नेछ ।

आज कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, मुक्ति प्रधान, रमण श्रेष्ठ र टीकाराम भट्टराईले बहस गर्नेछन् । उनीहरुको बहस सकिएपछि सरकारी पक्षले बहस गर्नेछ ।

सरकारी पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, महान्यायाधिवक्ता रमेश बडालसहित सहमहान्यायधिवक्ता,नायब महान्यायाधिवक्तासहित ११ जनाले बहस गर्नेछन् ।

यसअघि बुधबारको बहसमा पाँच जना कानून व्यवसायीले बहस गरेका थिए । वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरे । उनीहरुले बहसका क्रममा विघटन बदर हुनुपर्ने जिकिर गरेका छन् ।

संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि एमालेका २६, जसपाका १२, माओवादी र कांग्रेसका सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए ।

जसलाई राष्ट्रपतिले जेठ ७ गते अस्वीकार गरेकी थिइन् । एमाले र जसपाका सांसदको नाम देउवा र केपी शर्मा ओलीको दाबीमा रहेको भन्दै उनले अस्वीकार गरेकी थिइन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ५९ बजे

बागमती प्रदेशसभाको बैठक बस्दै

मनहरी– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । आज अपराह्न ३

सभामुख र संसदीय दलका सचेतकबीचको छलफल निष्कर्षविहीन 

काठमाडौं– सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतकहरुबीच छलफल

बजेटमा ऊर्जा उत्पादकका माग – बैंकबाट २० प्रतिशत ऋण, निजी क्षेत्रलाई विद्युत व्यापार अधिकार

काठमाडौं – सरकारी अधिकारीहरू यतिखेर आगामी आर्थिक वर्ष २०८१/८२ को

अफगानिस्तानका चालीस हजार बालबालिका घरबारविहीन

काबुल– उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झन्डै ४०

हतियारक आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन

काठमाडौं– अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन