प्रतिनिधिसभा विघटन प्रकरण : आज पनि विपक्षी गठबन्धनको पक्षमा बहस « Khabarhub

प्रतिनिधिसभा विघटन प्रकरण : आज पनि विपक्षी गठबन्धनको पक्षमा बहस


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

आजको सुनुवाइमा पनि विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटका पक्षधर अधिवक्ताहरूले बहस गर्नेछन् ।

सर्वोच्चले निवेदकहरुलाई बहसका लागि छुट्याएको १५ घन्टाको समयमा करिव ४ घण्टा सकिएकाले बाँकी समयमा निवेदकहरूले बहस सक्नु पर्नेछ ।

आज कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, मुक्ति प्रधान, रमण श्रेष्ठ र टीकाराम भट्टराईले बहस गर्नेछन् । उनीहरुको बहस सकिएपछि सरकारी पक्षले बहस गर्नेछ ।

सरकारी पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, महान्यायाधिवक्ता रमेश बडालसहित सहमहान्यायधिवक्ता,नायब महान्यायाधिवक्तासहित ११ जनाले बहस गर्नेछन् ।

यसअघि बुधबारको बहसमा पाँच जना कानून व्यवसायीले बहस गरेका थिए । वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरे । उनीहरुले बहसका क्रममा विघटन बदर हुनुपर्ने जिकिर गरेका छन् ।

संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि एमालेका २६, जसपाका १२, माओवादी र कांग्रेसका सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए ।

जसलाई राष्ट्रपतिले जेठ ७ गते अस्वीकार गरेकी थिइन् । एमाले र जसपाका सांसदको नाम देउवा र केपी शर्मा ओलीको दाबीमा रहेको भन्दै उनले अस्वीकार गरेकी थिइन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ५९ बजे

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको

नीति तथा कार्यक्रममाथि छलफल चल्दा पूरा बैठकमा बसे अर्थमन्त्री वाग्ले

काठमाडौं- सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि छलफल चलिरहँदा अर्थमन्त्री

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका