काठमाडौँ– काठमाडौँको दक्षिणकालीस्थित शौचालयमा मंगलबार बिहान मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका सुरेश तिमल्सिना रहेका छन् ।
तिमिल्सिना दक्षिणकालीस्थित एक वर्कशपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।
प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ ।
प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो ।
प्रतिक्रिया