प्रधानमन्त्रीसहित पाँच मन्त्रीमा मन्त्रालय बाँडफाँड, गृहमन्त्रालयको जिम्मेवारी पौडेललाई (सूचीसहित) « Khabarhub

प्रधानमन्त्रीसहित पाँच मन्त्रीमा मन्त्रालय बाँडफाँड, गृहमन्त्रालयको जिम्मेवारी पौडेललाई (सूचीसहित)


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेका छन् ।

सर्वोच्च अदालतले २० जना मन्त्रीलाई पदमुक्त गरेपछि रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्रीले आफूसहित अन्य चार जना मन्त्रीलाई मन्त्रालय बाँडफाँड गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो भागमा रक्षा र परराष्ट्र मन्त्रालय राखेका छन् । त्यस्तै उनले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई थप तीन वटा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

पौडेलले अर्थसहित, गृह, उर्जा र उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् । साथै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य, वन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लिलानाथ श्रेष्ठलाई कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तो छ पत्र

 

 

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ५ : १४ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति