विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड ३ लाख « Khabarhub

विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड ३ लाख


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु चार अर्व १० करोड तीन लाख ३८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

उपप्रमुख इन्दिरा कार्कीले आज बजेट प्रस्तुत गर्दै कार्यालय सञ्चालन तथा प्राशासनिक खर्चतर्फ रु ४६ करोड ७० लाख ५२ हजार तथा पूँजीगततर्फ रु तीन अर्ब ५८ करोड ३२ लाख ८५ हजार १५ र वित्तीय व्यवस्थातर्फ रु पाँच करोड खर्च हुने अनुमान प्रस्तुत गरे ।

महानगरपालिकाको कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत छ ।

पूँजीगत खर्चमध्ये पूर्बाधार विकास क्षेत्रमा रु दुई अर्व चार करोड ३९ लाख ३४ हजार ४८, आर्थिक विकास क्षेत्रमा रु १७ करोड ८९ लाख, सामाजिक विकास क्षेत्रमा रु १ अर्व २६ करोड ६९ लाख , सुशासन तथा अन्तर सम्वन्धित (वन वातावरण तथा विपद व्यवस्थापन समेत) क्षेत्रमा रु नौ करोड ३७ लाख खर्च हुने अनुमान गरिएको छ ।

महानगरपालिकाले आगामी आवमा ‘हामी सबैको रहर शिक्षित , सफा, सुन्दर, सुन्दर , सुरक्षित र सक्षम विराटनगर’ नाराका साथ विराटनगरको शहीद रंगशालालाई सुबिधासम्पन्न निर्माण गरी अन्तरराष्ट्रिय स्तरको खेलकूद गतिबिधि सञ्चालन गर्ने,हाटखोला मैदानमा खेलकुद एकेडमीको विकास गर्ने नीति तथा कार्यक्रमममा उल्लेख छ।

यसैगरी कोभीड–१९ महामारीको रोकथाम, उपचार र नियन्त्रणका लागि ठोस कार्यक्रम कार्यान्वयन गर्ने,गर्भवती र जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने,राष्ट्रिय खोप अभियानलाई वडास्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्ने, वडा नं १५ र १९ मा १५ श्ययाको अस्पताल निर्माण गरी सञ्चालन गर्ने लगायतका कार्यक्रम छन् । महानगर प्रमुख भीम पराजुलीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ०१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने