मोटरसाइकल जलाउने दुई जना पक्राउ « Khabarhub

मोटरसाइकल जलाउने दुई जना पक्राउ


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- खाँडादेवी गाउँपालिका–३ आपचौरमा रोकिराखेको मोटरसाइक आगजनी र तोडफोड गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

यही असार ८ गते मध्यरातमा सडकमा रोकिराखेको बा १९ प ७१ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने र प्रदेश ३–०२–०१३ प १३ नम्बरको मोटरसाइकल तोडफोड गर्नेलाई गएराति पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए ।

आगजनी र तोडफोड गरी फरार रहेका सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी वर्ष २८ का पदमबहादुर कार्की र अर्का सोही ठेगाना भएका वर्ष ३० का लक्ष्मण खत्री रहेका छन् ।

अभियुक्तद्वयले उक्त वडाका स्थानीयको मोटरसाइकलमा क्षति पुराएको भन्दै पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । रातको समयमा मादक पदार्थ सेवन गरी उक्त घटना गर्ने अभियुक्तलाई आज जिल्ला अदालतबाट मुलुकी अपराध संहिताअनुसार आपराधिक उपद्रव मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक ढुङ्गानाले बताए ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार अदालतबाट आपराधिक उपद्रव गरेको ठहरिएमा तीन वर्ष कैद, रु तीस हजारसम्म जरिवाना साथै हानी नोक्सानी भएको बिगो बराबरको क्षतिपूर्ति कसुरदारबाट पीडितलाई भराइ दिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ८ : ५१ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक