एक सयमा पसल बेचेर हिँडेपछि… « Khabarhub

एक सयमा पसल बेचेर हिँडेपछि…


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक कम्पनी वा पसलेले काममा सहजताकालागि मजदुर वा कर्मचारी राख्ने गर्दछन् । यस बापत कम्पनीले उनीहरुलाई समझदारी वा कम्पनीको नियम अनुसार तलव वा पारिश्रमिक दिने गर्दछन् । काम मन परेमा प्रमोशन वा तलब बढाउने गरीन्छ । तर एक मालिकले भने कर्मचारीको कामबाट यति प्रभावित भए कि उनले कर्मचारीलाई नै पसल बेचिदिए ।

अमेरिकाको कनेक्टिकनमा एक सैलुन मालिकले आफ्नो सैलुनमा काम गर्ने महिला कर्मचारीको कामबाट प्रभावित भएपछि आफ्नो पसलले उनलाई बेचिदिए । पसलमा काम गर्न राखेकी कर्मचारीको कामबाट मालिक यति प्रभावित भए कि उनले पूरै पसल ती कर्मचारीलाई मात्रै १ सय रुपैयाँमा बेचिदिए ।

पियो इम्पेरती नामक सैलुनका मालिकले सैलुनमा काम गर्ने हेयर स्टाइलिस्ट क्याथी मौरालाई १ डलरमा आफ्नो पसल बेचेका हुन् । क्याथी मौरालाई हाइस्कुल पास भएपछि उनैले पहिलो काम दिएका थिए । उनको काम र असल व्यवहारका कारण पियोले उनीसंगको मित्रता रहिरहोस् भनेर आफूले केवल १ डलरमासैलुन बेचेको बताएका छन् ।

७९ वर्षीय इम्पेरती अब स्वतन्त्र ठेकेदारको रुपमा काम गर्न थालेका छन् । इम्पेरतीले १९६५ मा सो व्यवसाय सुरु गरेका थिए । ३२ वर्षीय मौराले हाइस्कुलको पढाई पुरा भएपछि अनुभवको अभावमा उनलाई कसैले काम दिएका थिएनन् । सोहि बेला एक शिक्षिकाबाट इम्पेरतीको नम्बर पाएकी उनले फोनको आधारमा त्यहा काम पाएकि थिइन् ।

अब पसल क्याथीको भएको छ । अब उनले केवल कोठाको मासिक भाडा तिरेको भरमा हजारौं डलर खर्चेर बनाइएको सैलुन पाएकी छिन् । पसल धनी बनेपछि क्याथीले आफ्नो सैलुन चलाउने सपना पुरा भएको बताएकी छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : ०८ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको