‘हामी कहिलेसम्म जाग्राम बस्नुपर्ने हो सरकार ?’ « Khabarhub

‘हामी कहिलेसम्म जाग्राम बस्नुपर्ने हो सरकार ?’


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– अकासमा कालो बादल मडारिएको छ । नदीमा पानीको वहाब बढेको छ । नदी किनारको बाँधबाट मानिस ओहोर दोहोर गरिरहेका छन् । किनारमै भेटिएका एक वृद्ध मलिन अनुहारमा नदीको वितण्डा हेरिरहेका छन् । बाढीले पुर्‍याएको क्षतिले स्थानीय त्रसित छन् । मोवाइल बोक्ने किशोरकिशोरी भिडियो बनाउन व्यस्त छन् । यो दृश्य सबैला नगरपालिका ४ स्थित कमला खोलाको पर्टेबा बाँधको हो ।

खोलामा बिहीबार आएको बाढीले बाँधको पश्चिमतर्फ ९० प्रतिशत भत्किसकेको छ । यहाँका स्थानीय वर्षेनी यही समस्या भोग्दै आएका छन् ।

‘बाँध भत्किदाँ यहाँ हरेक वर्ष ठुलो क्षति हुन्छ । जनधन जोगाउनै मुश्किल हुन्छ,’ पर्टेबाका अजय कापरले विगतको पीडा सम्झिँदै भने, ‘कतिबेला गाउँमा पानी पस्छ, ठेगान छैन । पानीको भेलले बगाउने पीरले रातभर जाग्राम बस्नुपर्छ ।’

वर्षेनीको पीडा स्थानीयदेखि केन्द्रीय सरकारसम्मलाई सुनाउँदा पनि समस्या समाधानको कुनै पहल नभएको सर्वसाधारणको गुनासो छ । बालबालिका तथा अशक्त अवस्थाकालाई जोगाउन हैरान भएको भन्दै स्थानीयले एकै श्वरमा भन्छन्, ‘हाम्रो यो पीडा कहिले सम्बोधन हुन्छ ? हामी कहिलेसम्म जाग्राम बस्ने हो सरकार ?’

कीरतपुरका नागेन्द्र यादवको पीडा पनि उस्तै छ । वर्षेनी आफूले लगाएको खेती गुमाउनुपर्ने भन्दै उनी अहिलेसम्म ज्यानमात्र बचाउन सकेको बताउँछन् । वर्षभरको पसिना क्षणभर मै नष्ट हुँदा सारै पीडा हुने उनले सुनाए ।

‘सरकारको वेवास्ताले हरेक वर्ष यहाँको मानिसलाई पीडा खेप्नु परेको छ,’ उनले भने, ‘मनसुन अघि कुनै पनि सरोकारवालाको ध्यान यता आउँदैन । तर, जब बाढी आउँछ सबैले निरीक्षण गर्न थाल्छ । दीर्घकालीन पूर्वाधार निर्माणको आशामा छौँ ।’

क्षति वर्षेनी बढ्दै

बुधबार सबैला नगरपालिका १३ कीरतपुरस्थित करिव तीन सय मिटर बाँध भत्किएको थियो । त्यहाँ पानीको भेल बगर हुँदै धान खेत कटान गरिरहेको छ । बाँध भत्किनबाट जोगाउन नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास गरिरहेका छन् । प्लास्टिकको बोरामा माटो हालेर बाँध जोगाउने र पानीलाई खोलातर्फ डोर्‍याउने प्रयास भइरहेको छ ।
कुनै पनि ठाउँमा नियन्त्रण भएको छैन् ।

खोलामा १७ फिटसम्म पानी छ । खोलमा पानीको रफ्तार धेरै भएको कारण नियन्त्रणको प्रयास सफल नभएको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए । संघीय सरकारले उक्त कार्यालयलाई ५० लाखको परिधिभित्र रहेर काम गर्न निर्देशन दिइसकेको छ । तर, खोलामा पानी कम र वर्षा नरोकिए सम्म बाँध निर्माण हुन सक्दैनन् ।

अवैध उत्खननले भत्किए बाँध

आयोजना प्रमुख एकराज भट्टराईले अवैध रुपमा बालुवा, गिट्टी र ढुङ्गा उत्खननले बाँध भत्किएको बताएका छन् । बाँध नजिकबाट बालुवा, गिट्टीको गर्दा यस्तो समस्या आएको उनको भनाइ छ ।

‘नदीको बहाव छेउछाउबाट माटो, गिट्टी निकालिएपछि बाँध भत्किएको छ । अवैध उत्खनन्ले नदीको धार नै परिवर्तन भएर पश्चिमतिर आएको छ,’ उनले भने, ‘सरकारले समयमा बजेट नदिँदा बाँधको मर्मत समभार गर्न सकेनौं । पटक पटक सरकारसंग बजेट माग गर्दा पनि वेवास्ता गर्‍यो ।’

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : २५ बजे

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको