एमालेविरुद्ध षड्यन्त्र भइरहेको छ, पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्छौँ : महेश बस्नेत « Khabarhub

एमालेविरुद्ध षड्यन्त्र भइरहेको छ, पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्छौँ : महेश बस्नेत


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का नेता महेश बस्नेतले एमालेविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबर सेनासँग मिलेर ठेगान लगाउने चेतावनी दिएका छन् ।

शनिबार युथफोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बुद्धिजीवीविरुद्धको संगठन होइन, बुद्धिजीवीको नाममा कुनै पार्टीको प्रतिनिधि बनेर हाम्रो पार्टीविरुद्ध बिष ओकल्नेलाई युथ फोर्सले साइबर सेनासँग मिलेर बौद्धिक अराजकतावादीहरुलाई ठिक ठाउँमा राख्ने छ ।’

उनले युथ फोर्स कुनै अदालतविरुद्ध खोलिएको संगठन नभएको समेत बताए । बस्नेतले युथफोर्स माधव नेपालविरुद्ध नभई माधव नेपाल प्रवृत्तिविरुद्ध रहेको पनि बताए ।

साथै बस्नेतले एमाले सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए त्यसको कडा रूपमा प्रतिवाद गर्ने बताए । उनले भने, ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि आगो बल्छ ।’

उनले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यस्तो नसोच्न सत्तारुढ गठबन्धनलाई आग्रह गरे ।

नेता बस्नेतले युथफोर्सप्रति पार्टी बाहिर र भित्रैबाट पनि आशंका पालिएको भन्दै त्रसित नहुन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ५ : २५ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको