विप्लवले एमाले नेता बादललाई पनि भेटे « Khabarhub

विप्लवले एमाले नेता बादललाई पनि भेटे


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय राजनीतिक भेटवार्तामा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व माओवादी नेता रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका छन् ।

माओवादी छाडेर नेकपा एमालेका नेता बनेका बादललाई उनकै निवास पुगेर विप्लवले भेट गरेका हुन् ।

भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।

उनीहरुबीच भएको कुराकानीको विषय सार्वजनिक गरिएको छैन । बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी थिए । तत्कालीन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए ।

तर त्यसको एक वर्ष नपुग्दै विप्लवले अर्को पार्टी गठन गरेर गए भने बादल नेकपा माओवादी केन्द्रमा फर्किएका थिए । ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका बादल अदालतको आदेशले पूर्व माओवादी र पूर्व एमाले ब्युँतिएसँगै माओवादी छाडेर एमालेमा गएका थिए ।

विप्लवले यसअघि आजै जसपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ६ : ०४ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका