विप्लवले एमाले नेता बादललाई पनि भेटे « Khabarhub

विप्लवले एमाले नेता बादललाई पनि भेटे


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय राजनीतिक भेटवार्तामा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व माओवादी नेता रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका छन् ।

माओवादी छाडेर नेकपा एमालेका नेता बनेका बादललाई उनकै निवास पुगेर विप्लवले भेट गरेका हुन् ।

भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।

उनीहरुबीच भएको कुराकानीको विषय सार्वजनिक गरिएको छैन । बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी थिए । तत्कालीन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए ।

तर त्यसको एक वर्ष नपुग्दै विप्लवले अर्को पार्टी गठन गरेर गए भने बादल नेकपा माओवादी केन्द्रमा फर्किएका थिए । ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका बादल अदालतको आदेशले पूर्व माओवादी र पूर्व एमाले ब्युँतिएसँगै माओवादी छाडेर एमालेमा गएका थिए ।

विप्लवले यसअघि आजै जसपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ६ : ०४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले