जनताले राम्रो नठान्ने काम नगर्न युथफोर्सलाई एमाले महासचिवको निर्देशन « Khabarhub

जनताले राम्रो नठान्ने काम नगर्न युथफोर्सलाई एमाले महासचिवको निर्देशन

'युथफोर्स भ्याली कमाण्डर घोषणा'


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले भ्रष्टाचारविरुद्ध अभियान चलाउन युथ फोर्सलाई निर्देशन दिएका छन् ।

शनिबार काठमाडौँमा आयोजित ‘युथफोर्स भ्याली कमाण्डर घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनतालाई उत्पादनसँग जोड्ने र भ्रष्टाचारविरुद्ध अभियान चलाउन युथ फोर्सलाइ निर्देशन दिएका हुन् ।

उनले जनताले राम्रो नठान्ने काम नगर्न पनि निर्देशन दिए । उनले एमाले कानुनी शासनलाई मान्ने पार्टी भएकाले कानूनलाई हातमा नलिन पनि ध्यानाकर्षण गराए । पोखरेलले एमालेको रक्षा गर्ने एउटा खम्बाका रुपमा उभिन आह्वान पनि गरे ।

त्यस्तै एमालेका नेता महेश बस्नेतले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाए । उनले एमाले सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने चेतावनी दिए ।

कार्यक्रममा एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् । कार्यक्रम अघि राष्ट्रिय युवा संघ र युथ फोर्सले र्‍याली निकालेको थियो । र्‍यालीका क्रममा उनीहरुले सर्वोच्च अदालतको परमादेशबाट ओली नेतृत्‍वको सरकार हटेको भन्दै न्यायालयविरुद्ध नारा लगाएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ६ : ३७ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र