केपी ओली अहिले विक्षिप्त अवस्थामा रहेको प्रचण्डको टिप्पणी « Khabarhub

केपी ओली अहिले विक्षिप्त अवस्थामा रहेको प्रचण्डको टिप्पणी


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले विक्षिप्त अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले ओली अहिले बरबराउन थालेको भन्दै विक्षिप्त अवस्थामा रहेको टिप्पणी गरेका हुन् ।

‘केपी ओली नराम्रोसँग इतिहासमा पछारिएका छन्, विक्षिप्त छन् अहिले । कहिले बालकोटको बार्दलीबाट बरबराउँ छन्, कहिले कहाँ गएर बरबराउँछन् ।’ उनले भने, ‘अब यो बरबराहट पनि धेरै दिन रहन्छ जस्तो लाग्दैन । किन भने उनकै पार्टीभित्र उनलाई चिन्ने क्रम शुरू भइसकेको छ ।’

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भएर ठूलो विजय प्राप्त गरेपनि चुनौति धेरै बाँकी रहेको उनको भनाइ छ । उनले अहिलेको अवस्थामा निक्कै बुद्धि पुर्‍याएर काम गर्नु पर्ने बताए ।

संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे पनि कहीँ कतैबाट टुटाउने प्रयास भइरहेको प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका सबै सांसदले मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको पनि बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : २६ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको