भारतमा चोरी गरी नेपाल ल्याइएका गाडीसहित दुई जना पक्राउ « Khabarhub

भारतमा चोरी गरी नेपाल ल्याइएका गाडीसहित दुई जना पक्राउ


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा चोरी गरी नेपाल ल्याइएका दुईवटा गाडीसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

प्रहरीले बौद्धबाट दुईवटा चोरीको गाडीसहित मुस्ताङ घर भई बौद्ध बस्ने आग्या गुरुङ र भारत पश्चिम बंगाल घर भई बौद्ध बस्ने सोनाम टासी योल्मोलाई पक्राउ गरेको हो ।

बरामद गाडी भारतबाट चोरेर नेपाल ल्याएको हुन सक्ने महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । उनका अनुसार बरामद गाडीमध्ये एउटामा नेपाली नम्बर प्लेट र एउटामा भारतीय नम्बर प्लेट नै भेटिएको थियो ।

उनीहरुले यसअघि पनि भारतीय गाडी ल्याएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : ५६ बजे

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौं– वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू