गैँडा मृत अबस्थामा भेटियो « Khabarhub

गैँडा मृत अबस्थामा भेटियो


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको कोलकोता टापुको कधीसोहरा भन्ने क्षेत्रमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो क्षेत्रको नारायणी नदी बाहिरी भङ्गालाको दक्षिण किनारमा रहेको भास क्षेत्रमा करिब १० वर्षको भाले गैँडा मृतावस्थामा भेटिएको हो ।

खाग खुरलगायतका सामान सुरक्षित रहेको सो गैँडा दलदलमा परेर मरेको अनुमान गरिएको छ ।

योसँगै  यो आर्थिक वर्षमा सातवटा गैँडा मृतावस्थामा भेटिएका छन् । तीमध्ये एउटा चोरी शिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : ५० बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ