टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कार जीवराम भण्डारीलाई « Khabarhub

टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कार जीवराम भण्डारीलाई


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार जीवराम भण्डारीलाई पुरस्कृत हुने भएका छन् ।

संयुक्त राज्य अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता फाउण्डेशनले २०७७ सालको पत्रकारिता पुरस्कार भण्डारीलाई दिने भएको हो । पुरस्कारको राशि दुई हजार अमेरिकी डलर छ ।

तीन दशक अघिदेखि पत्रकारितामा रहनुभएका भण्डारी छापा माध्यमबाट पत्रकारिता शुरु गरेर हाल टेलिभिजनका चर्चित अन्तरवार्ताकारका रुपमा परिचित छन् ।

सुशासन एवं भ्रष्टाचारविरुद्ध कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई सो पुरस्कारद्वारा सम्मानित गरिँदै आएको छ ।

एकदशकअघि स्थापित यो पुरस्कारबाट जीवेन्द्र सिंखडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, शिव गाउँले, हरिबहादुर थापा, राजन शर्मालगायत सम्मानित भइसकेका छन् ।

यस वर्ष तीर्थ कोइरालाको संयोजनमा बरिष्ठ पत्रकार जिवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउण्डेशनका प्रतिनिधि रहेको पुरस्कार छनौटसमिति गठन गरिएको थियो ।

अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गरेका हुन् । टंकप्रसाद रमादेवी साधना पुरस्कार, टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कारकोभिड १९ ले उत्पन्न गरेको असामान्य अवस्थाका कारण हाललाई स्थगित गरिएको र स्थिती सामान्य हुनासाथ फेरि शुरु गरिने फाउण्डेसनले जनाएको छ।

२०७७ कोहेम सरिता संगीत पुरस्कार र भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको घोषणा यसअघिनै भइसकेको छ । घोषित पुरस्कारहरु उपयुक्त समय मिलाएर छिटै हस्तान्तरण गरिने छ ।

फाउण्डेशनका अनुसार काठमाडौँको घुमारचोक स्थित  उग्रतारा माध्यमिक विद्यालयको १२ कोठाको  भवन निर्माण र छात्रवृत्तिमा पनि सहयोग गरि बन्द हुने अबस्थाबाट जोगाएर दश बर्ष पछि समुदायलाई हस्तान्तरण गरि सकिएको छ ।

सोही ठाउँका विपन्न परिवारको उत्थनका लागि करिब २० लाखको लागतमा आय आर्जनका काममा सघाउ पुर्‍याएको छ ।  यसैगरी झापाका १२ विद्यार्थीलाई विद्यालय शिक्षामा र बाजुराका ३ जना छात्रछात्रालाई छात्रवृत्तीमा ओभरशियर सम्मको अध्ययनमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ९ : ५० बजे

विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना

कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त

विराटनगर– कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी