टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कार जीवराम भण्डारीलाई | Khabarhub Khabarhub

टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कार जीवराम भण्डारीलाई


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार जीवराम भण्डारीलाई पुरस्कृत हुने भएका छन् ।

संयुक्त राज्य अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता फाउण्डेशनले २०७७ सालको पत्रकारिता पुरस्कार भण्डारीलाई दिने भएको हो । पुरस्कारको राशि दुई हजार अमेरिकी डलर छ ।

तीन दशक अघिदेखि पत्रकारितामा रहनुभएका भण्डारी छापा माध्यमबाट पत्रकारिता शुरु गरेर हाल टेलिभिजनका चर्चित अन्तरवार्ताकारका रुपमा परिचित छन् ।

सुशासन एवं भ्रष्टाचारविरुद्ध कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई सो पुरस्कारद्वारा सम्मानित गरिँदै आएको छ ।

एकदशकअघि स्थापित यो पुरस्कारबाट जीवेन्द्र सिंखडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, शिव गाउँले, हरिबहादुर थापा, राजन शर्मालगायत सम्मानित भइसकेका छन् ।

यस वर्ष तीर्थ कोइरालाको संयोजनमा बरिष्ठ पत्रकार जिवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउण्डेशनका प्रतिनिधि रहेको पुरस्कार छनौटसमिति गठन गरिएको थियो ।

अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गरेका हुन् । टंकप्रसाद रमादेवी साधना पुरस्कार, टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कारकोभिड १९ ले उत्पन्न गरेको असामान्य अवस्थाका कारण हाललाई स्थगित गरिएको र स्थिती सामान्य हुनासाथ फेरि शुरु गरिने फाउण्डेसनले जनाएको छ।

२०७७ कोहेम सरिता संगीत पुरस्कार र भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको घोषणा यसअघिनै भइसकेको छ । घोषित पुरस्कारहरु उपयुक्त समय मिलाएर छिटै हस्तान्तरण गरिने छ ।

फाउण्डेशनका अनुसार काठमाडौँको घुमारचोक स्थित  उग्रतारा माध्यमिक विद्यालयको १२ कोठाको  भवन निर्माण र छात्रवृत्तिमा पनि सहयोग गरि बन्द हुने अबस्थाबाट जोगाएर दश बर्ष पछि समुदायलाई हस्तान्तरण गरि सकिएको छ ।

सोही ठाउँका विपन्न परिवारको उत्थनका लागि करिब २० लाखको लागतमा आय आर्जनका काममा सघाउ पुर्‍याएको छ ।  यसैगरी झापाका १२ विद्यार्थीलाई विद्यालय शिक्षामा र बाजुराका ३ जना छात्रछात्रालाई छात्रवृत्तीमा ओभरशियर सम्मको अध्ययनमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ९ : ५० बजे

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

काठमाडौं– शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका छन्

कोशीमा विविध कार्यक्रम गर्दै तीन दिनसम्म संविधान दिवस मनाइने

मोरङ– कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

वीरगञ्ज– यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत