शिक्षा मन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या « Khabarhub

शिक्षा मन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री नियुक्त नुहँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या भएको छ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का प्राविधिक धारका नयाँ पाठ्यक्रम तर्जुमा गरेपनि शिक्षा मन्त्री नभएका कारण पाठ्यक्रम स्वीकृत गर्न सकेको छैन ।

एसईई नतिजा प्रकाशन भएर कक्षा ११ मा विद्यार्थी भर्ना हुनथाले पनि पाठ्यक्रम स्वीकृत नहुँदा समस्या सिर्जना हुन थालेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्को बैठक बस्न नसक्दा प्राविधिक धारका पाठ्यक्रम स्वीकृत हुन नसेकेको केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले बताए । उनका अनुसार परिषद्को बैठक शिक्षा मन्त्रीको अध्यक्षतामा बस्ने गरेको छ । नयाँ सरकार गठनपछि शिक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा नै लिएका छन् ।

प्राविधिक धारका कक्षा ११ र १२ का पाठ्यक्रममा ४० प्रतिशत सैद्धान्तिक र बाँकी ६० प्रतिशत प्रयोगात्मक विषय समेटिएको छ । गत वर्ष कक्षा ११ का विद्यार्थीहरुले नयाँ पाठ्यपुस्तक अनुसार अध्ययन गरेका थिए भने यस वर्षबाट कक्षा १२ का विद्यार्थीहरुले नयाँ पाठ्यक्रम अनुसार अध्ययन गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : ४८ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार