क्रियाशील सदस्यता सार्वजनिक माग गर्दै काँग्रेसमा आन्दोलन « Khabarhub

क्रियाशील सदस्यता सार्वजनिक माग गर्दै काँग्रेसमा आन्दोलन


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको क्रियाशील सदस्यताको विषयलाई लिएर काँग्रेस जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेसका जिल्ला सभापतिहरु धर्ना बसेका छन् । क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्ने भन्दै उनीहरु आन्दोलित भएका हुन् । नुवाकोट सभापति जगदिश्वर नरसिंह केसी, दैलेख सभापति कृष्णकुमार विसी, कार्भे सभापति मधु आचार्यलगायतका जिल्ला सभापतिहरु धर्नामा बसेका हुन् ।

धर्ना बसेका जिल्ला सभापतिहरुलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गगन थापाले क्रियाशील सदस्यता छिटो सार्वजनिक गर्न माग गरेका छन् । उनले आफू क्रियाशील सदस्य छु कि छैन भन्ने जान्ने अधिकार सबैलाई भएको बताए । उनले क्रियाशील सदस्यता सार्वजनिक गरेर त्यसमा भएका गल्तिहरु सच्याउनुपर्ने बताए ।

काँग्रेसको १४ औं महाधिवेशनका लागि करिब ९ लाख क्रियाशील सदस्य पुगेका छन् । लामो रस्साकस्सीपछि सोमबार क्रियाशील सदस्यताको विषय टुंग्याइएको थियो । क्रियाशील सदस्यताबारेको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ । क्रियाशील सदस्यताकै विषयमा सहमति नहुँदा पाँच पटकसम्म काँग्रेसको महाधिवेशनको मिति तोकेर सारिएको छ ।

यही भदौ १८ गते देशभरका वडाहरुको अधिवेशनको तालिका छ । तर मंगलबारसम्म वडा अधिवेशनका मतदाता रहेका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १ : ०९ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज