८ जना नेपाली पाकिस्तान हुँदै अफगानिस्तानबाट फर्किने तयारीमा « Khabarhub

८ जना नेपाली पाकिस्तान हुँदै अफगानिस्तानबाट फर्किने तयारीमा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा रहेका ८ जना नेपाली नागरिकले पाकिस्तान हुँदै नेपाल फर्किने तयारी गरेका छन् । उनीहरुले पाकिस्तान हुँदै नेपाल फर्किने वातावरण बनाइदिन नेपाल सरकारसँग आग्रहसमेत गरेका छन् । उनीहरुको आग्रहपछि पाकिस्तानस्थित नेपाली दूतावासले पाकिस्तानसँग आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।

पाकिस्तानस्थित दूतावासले मंगलबार पाकिस्तान सरकार समक्ष सहयोगका लागि अनुरोध गरिएको जनाएको छ । दूतावासले ती नेपालीहरुका लागि प्रवेश अनुमति, बस्ने व्यवस्था र उडानको व्यवस्थाका लागि सहयोग मागेको छ ।

नेपालको आग्रहबारे पाकिस्तानले के जवाफ दियो भन्ने विषयमा भने दूतावासले केही खुलाएको छैन । तर उद्धारका लागि प्रवेशाज्ञा आदीबारे अझै टुंगो लागिसकेको छैन । अफगानिस्तानबाट नेपालीहरुको उद्धारका लागि पाकिस्तानले सहयोग गर्ने बचन दिएको थियो । तर नेपालले पत्राचार गर्दा पनि पाकिस्तानले निर्णय गरिसकेको छैन ।

अमेरिकी सेना फर्किएसँगै अफगानिस्तानमा इस्लामिक कट्टपन्थी तालिबानले कब्जा जमाएको छ । तालिबानको कब्जासँगै अफगानिस्तानमा राजनीतिक र मानवीय संकट उत्पन्न भएको छ ।

अफगान संकटपछि विदेशी नागरिकहरुले अफगानिस्तान छाडिरहेका छन् । त्यहाँ रहेका नेपालीहरुको पनि उद्धार जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हालसम्म अफगानिस्तानबाट ६ सयभन्दा धेरै नेपालीको उद्धार गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : ५० बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा