८ जना नेपाली पाकिस्तान हुँदै अफगानिस्तानबाट फर्किने तयारीमा « Khabarhub

८ जना नेपाली पाकिस्तान हुँदै अफगानिस्तानबाट फर्किने तयारीमा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा रहेका ८ जना नेपाली नागरिकले पाकिस्तान हुँदै नेपाल फर्किने तयारी गरेका छन् । उनीहरुले पाकिस्तान हुँदै नेपाल फर्किने वातावरण बनाइदिन नेपाल सरकारसँग आग्रहसमेत गरेका छन् । उनीहरुको आग्रहपछि पाकिस्तानस्थित नेपाली दूतावासले पाकिस्तानसँग आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।

पाकिस्तानस्थित दूतावासले मंगलबार पाकिस्तान सरकार समक्ष सहयोगका लागि अनुरोध गरिएको जनाएको छ । दूतावासले ती नेपालीहरुका लागि प्रवेश अनुमति, बस्ने व्यवस्था र उडानको व्यवस्थाका लागि सहयोग मागेको छ ।

नेपालको आग्रहबारे पाकिस्तानले के जवाफ दियो भन्ने विषयमा भने दूतावासले केही खुलाएको छैन । तर उद्धारका लागि प्रवेशाज्ञा आदीबारे अझै टुंगो लागिसकेको छैन । अफगानिस्तानबाट नेपालीहरुको उद्धारका लागि पाकिस्तानले सहयोग गर्ने बचन दिएको थियो । तर नेपालले पत्राचार गर्दा पनि पाकिस्तानले निर्णय गरिसकेको छैन ।

अमेरिकी सेना फर्किएसँगै अफगानिस्तानमा इस्लामिक कट्टपन्थी तालिबानले कब्जा जमाएको छ । तालिबानको कब्जासँगै अफगानिस्तानमा राजनीतिक र मानवीय संकट उत्पन्न भएको छ ।

अफगान संकटपछि विदेशी नागरिकहरुले अफगानिस्तान छाडिरहेका छन् । त्यहाँ रहेका नेपालीहरुको पनि उद्धार जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हालसम्म अफगानिस्तानबाट ६ सयभन्दा धेरै नेपालीको उद्धार गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : ५० बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको