दोलखामा बेरुजुको चाङ, एउटै पालिकामा १२ करोडसम्म बेरुजु | Khabarhub Khabarhub

दोलखामा बेरुजुको चाङ, एउटै पालिकामा १२ करोडसम्म बेरुजु


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटा स्थानीय तह रहेको दोलखा जिल्लामा स्थानीय तहहरुले गर्ने खर्चमा वार्षिकरूपमा बेरुजुको सीमा नाघ्दै गएको छ ।

महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनअनुसार दोलखा जिल्लामा मात्रै रु ३७ करोडभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । बेरुजुलाई कम गर्न पालिकाले ध्यान नदिँदा र कार्यविधिभन्दा बाहिर गएर सीमा मिची मनपरी खर्च गर्दा दोलखामा एउटै पालिकामा रु १२ करोडसम्म बेरुजु निस्किएको छ ।

स्थानीय तहहरुले खर्च प्रणाली पारदर्शी नगर्ने, विधि प्रक्रियाभन्दा बाहिर गएर ठेक्का लगाउने तथा लक्षित योजनामा मनोमानी तरिकाले बजेट खर्च गर्नेजस्ता कार्यले गर्दा दोलखाको स्थानीय तहहरुमा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । जिल्लाको नौ स्थानीय तहमा यो वर्ष महालेखाले कूल रु आठ अर्ब ५७ करोड ७४ लाख ५३ हजारको लेखापरीक्षणमा रु ३७ करोड ६६ लाख ९५ हजार बेरुजु देखाएको छ ।

बेरुजु सबैभन्दा बढी रहने स्थानीय तहमध्ये बैतेश्वर गाउँपालिका र सबैभन्दा कम बेरुजु रहने गाउँपालिका कालीञ्चोक रहेको छ । बैतेश्वर गाउँपालिकामा रु ८८ करोड ५८ लाख ६० हजारको लेखापरीक्षण गरिएकामा रु १२ करोड ४८ लाख ४२ हजारअर्थात् कूल खर्चको १४.०९ प्रतिशत खर्च बेरुजु देखिएको छ । त्यस्तै कालीञ्चोक गाउँपालिकामा रु ९८ करोड ४२ लाख ९४ हजारको लेखापरीक्षण गर्दा रु एक करोड ३० लाख १७ हजार कूल खर्चको १.३२ प्रतिशत रकम महालेखाले बेरुजु देखाएको छ ।

जिल्लाको दुई नगरपालिकामा पनि बेरुजुको प्रकृति उस्तै रहेको पाइएको छ । जिरी नगरपालिकाको रु ८७ करोड ७२ लाख २० हजारको लेखापरीक्षण गर्दा रु दुई करोड ९२ लाख ३१ हजार बेरुजु रहेको छ भने भीमेश्वर नगरपालिकाको रु एक अर्ब ६७ करोड ७४ लाख २० हजारको लेखापरीक्षण गरेकोमा रु तीन करोड ४६ लाख ७८ हजार बेरुजु पाइएको छ ।

मेलुङ गाउँपालिकाको रु ६५ करोड ३८ लाख ७१ हजारको लेखापरीक्षण गर्दा रु चार करोड ३७ लाख ९८, गौरीशङ्कर गाउँपालिकाको रु ७१ करोड २२ लाख ३४ हजार लेखापरीक्षण गर्दा रु चार करोड १० लाख ४१ हजार तथा शैलुङ गाउँपालिकाको रु ९५ करोड ८४ लाख ७० हजारको लेखापरीक्षण गर्दा रु चार करोड ४६ लाख ३५ हजार, विगु गाउँपालिकाको रु ७४ करोड ८५ लाख २४ हजारको लेखापरीक्षण गर्दा रु दुई करोड ६७ लाख ५८ हजार र तामाकोशी गाउँपालिकाको रु एक अर्ब सात करोड ९५ लाख ६० हजारको लेखापरीक्षण गरिएकामा रु एक करोड ८६ लाख ९५ हजार बेरुजु देखिएको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : ३० बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी