रेडियो क्यान्डिडको बेटा भर्सन एप गुगलको प्ले स्टोरमा « Khabarhub

रेडियो क्यान्डिडको बेटा भर्सन एप गुगलको प्ले स्टोरमा


८ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेभेलियन मिडिया ग्रुपअन्तर्गत  सञ्चालित रेडियो क्यान्डिडको बेटा भर्सनको एन्ड्रोइड एप सार्वजनिक भएको छ ।

यो एपमार्फत रेडियोको सम्पूर्ण समाचार तथा कार्यक्रमहरू प्रत्यक्ष सुन्न सकिने छ । एपमा अन्य उपयोगी सामाग्रीहरू समेत राखिएको छ ।

प्रयोगकर्ताले यस एपमाफर्त दैनिक आवश्यक पर्ने शब्दकोश, क्यालेन्डर, विदेशी मुद्रा, सुनचाँदीको मूल्य, राशिफल, क्यू कोर्ड स्क्यानर, मिति परिवर्तन, लगायतका अन्य फिचरहरु प्रयोग गर्न सक्नेछन् ।

हाल एन्ड्रोएड प्रयोगकर्ताले प्लेस्टोरमार्फत यो एप डाउनलोड गरी इन्स्टल गर्न सक्नेछन् ।

एपमार्फत समाचार, पात्रो, तरकारीको मूल्य, रेडियो, युनिकोड लगायत अन्य आवश्यक सामग्री पनि प्राप्त गर्न सकिनेछ ।

रेडियो क्यान्डिडको एप प्राप्त गर्न यो लिंकमा क्लिक गरेर डाउनलोड गर्न अथवा एन्ड्रोइडको प्लेस्टोरमा गई रेडियो क्यान्डिड खोजी गरी इन्स्टल गर्न सकिनेछ ।

प्रयोगकर्ताबाट प्राप्त सुझाबका आधारमा एप परिस्कृत र परिमार्जित गर्दै लगिने व्यवस्थापनले जनाएको छ । रेडियो क्यान्डिडको एप केही दिनभित्रै आइओएस अपरेटिङ सिस्टममा समेत प्राप्त गर्न सकिनेछ ।

एप सबै तह र क्षेत्रका नागरिकहरुका लागि सार्वजनिक गरिएको र उपयोगी हुने रेडियो क्यान्डिडको विश्वास छ । नेपालमा स्मार्टफोन प्रयोगकर्ता बढ्दै गएकाले श्रोताहरूको सुविधाका लागि सार्वजनिक गरिएको एपले श्रोताको दायरा थप विस्तार हुने संस्थाको विश्वास छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ६ : ४४ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया