दोस्रो तहका नेतालाई डा. भट्टराईको प्रश्न : ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै हैन र, खै चेत ? « Khabarhub

दोस्रो तहका नेतालाई डा. भट्टराईको प्रश्न : ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै हैन र, खै चेत ?


८ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमालेका दोस्रो तहका नेताहरुलाई लक्षित गर्दै उनीहरु दूरदृष्टि र कुनै विचार नभएको टिप्पणी गरेका छन् ।

माधव नेपालको साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीसँग लागेक स्थायी कमिटी सदस्यहरुलाई संकेत गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

नेता भट्टराइले उनीहरुमा ७० आसपासका बुढा (नेता)हरूको जति पनि सत्य र न्यायको परख, दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएको टिप्पणी गरेका हुन्।

भट्टराईले ओली सुध्रन्छन् र गोरु ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै भएको पनि टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’हामी ७० आसपासका बुढाहरूको जति पनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै! बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला! ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र? चुनावचिन्ह नै पार्टी हो र? खै चेत?’

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  १० : २९ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२