गैँडा चोरीसिकारको अभियोगमा फरार व्यक्ति पक्राउ « Khabarhub

गैँडा चोरीसिकारको अभियोगमा फरार व्यक्ति पक्राउ


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् ।

निकुञ्जको अनुरोधमा मुगुको साविक मुगु गाविस–९ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ लामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्रेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०७६ भदौ ३१ गते निकुञ्जको बाँदरझुला पोष्टको मर्दीघोलमा तस्करले गैँडा मारेका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा १५ जना संलग्न रहेको खुलेको थियो । त्यसमध्ये पाँच जना यसअघि नै पक्राउ परेका थिए । अधिकारीका अनुसार फरार १० मध्ये निज लामा पक्राउ परी पुर्पक्षका लागि भरतपुर कारागार चलान गरिएका हुन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : १० बजे

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट