सिद्धार्थको निधनपछि घरमै कैद भइन् शहनाज « Khabarhub

सिद्धार्थको निधनपछि घरमै कैद भइन् शहनाज


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– रियालिटी शो ‘बिग बोस १३’ विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण महिना दिनअघि निधन भयो । सिद्धार्थको निधनपछि उनको परिवारसँगै फ्यान पनि अझै शोधमा छन् ।

सिद्धार्थसँग विवाह गर्ने तयारीमा रहेकी शहनाज गिल यो शोकबाट बाहिर आउन सकेकी छैनन् । केही समयअघि मात्र उनी काममा फर्कन लागेको समाचार सार्वजनिक भए पनि त्यो खबर गलत रहेको उनको परिवारले प्रष्ट्याइसकेका छन् ।

शहनाजको एक ज्योतिष डा. नवनिधि बधावाका अनुसार शहनाजले आफैंलाई घरमा कैद गरेर राखेकी छन् । ‘शहनाजले आफ्नो मुड फेर्नका लागि मेडिटेसनको सहारा लिनुपर्ने हुन्छ । योगा गर्दा उनलाई फाइदा हुन्छ । शहनाजको नम्बर २७ हो । सूर्य र केतूको दशाका कारण शहनाजको मुडमा पटक पटक परिवर्तन हुनेछ’, ज्योतिषले भनेकी छन् ।

नवनिधिले शहनाजका फ्यान र परिवारलाई सन् २०२२ सम्म अभिनेत्रीको हेरविचार गर्न आग्रह गरेकी छन् । आगामी दिनमा शहनाजका लागि निकै खराब समय रहने भएकाले पनि शहनाजको गतिविधिप्रति ध्यान दिन उनले भनेकी छन् । उनका अनुसार अहिले शहनाजको परिवारको एक सदस्य २४ सै घण्टा उनीसँगै हुने गर्छिन् ।

सिद्धार्थको निधनपछि शहनाज सामाजिक सञ्जालबाट टाढिएकी छन् । जसकारण पनि उनका फ्यानले उनको गतिविधिलाई नजिकबाट नियाल्न पाएका छैनन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १ : ५४ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली