सिद्धार्थको निधनपछि घरमै कैद भइन् शहनाज « Khabarhub

सिद्धार्थको निधनपछि घरमै कैद भइन् शहनाज


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– रियालिटी शो ‘बिग बोस १३’ विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण महिना दिनअघि निधन भयो । सिद्धार्थको निधनपछि उनको परिवारसँगै फ्यान पनि अझै शोधमा छन् ।

सिद्धार्थसँग विवाह गर्ने तयारीमा रहेकी शहनाज गिल यो शोकबाट बाहिर आउन सकेकी छैनन् । केही समयअघि मात्र उनी काममा फर्कन लागेको समाचार सार्वजनिक भए पनि त्यो खबर गलत रहेको उनको परिवारले प्रष्ट्याइसकेका छन् ।

शहनाजको एक ज्योतिष डा. नवनिधि बधावाका अनुसार शहनाजले आफैंलाई घरमा कैद गरेर राखेकी छन् । ‘शहनाजले आफ्नो मुड फेर्नका लागि मेडिटेसनको सहारा लिनुपर्ने हुन्छ । योगा गर्दा उनलाई फाइदा हुन्छ । शहनाजको नम्बर २७ हो । सूर्य र केतूको दशाका कारण शहनाजको मुडमा पटक पटक परिवर्तन हुनेछ’, ज्योतिषले भनेकी छन् ।

नवनिधिले शहनाजका फ्यान र परिवारलाई सन् २०२२ सम्म अभिनेत्रीको हेरविचार गर्न आग्रह गरेकी छन् । आगामी दिनमा शहनाजका लागि निकै खराब समय रहने भएकाले पनि शहनाजको गतिविधिप्रति ध्यान दिन उनले भनेकी छन् । उनका अनुसार अहिले शहनाजको परिवारको एक सदस्य २४ सै घण्टा उनीसँगै हुने गर्छिन् ।

सिद्धार्थको निधनपछि शहनाज सामाजिक सञ्जालबाट टाढिएकी छन् । जसकारण पनि उनका फ्यानले उनको गतिविधिलाई नजिकबाट नियाल्न पाएका छैनन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १ : ५४ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन