श्रीपेच चोर्ने प्रयास गरेका घर्तीले भने : म आफूलाई राजा घोषणा गर्न चाहन्थेँ « Khabarhub

श्रीपेच चोर्ने प्रयास गरेका घर्तीले भने : म आफूलाई राजा घोषणा गर्न चाहन्थेँ


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सदा झै शुक्रबार पनि नारायणहिटी दरबार संग्राहलय हेर्न आउनेको घुँइचो लागिरहेको थियो । सयौँ मानिसहरु दरबारका विभिन्न कोठमामा पुगेर पूर्वराजपरिवारले प्रयोग गर्ने विभिन्न ऐतिहासिक वस्तुको अवलोकन गरिरहेका थिए ।

यही भीडमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती पनि थिए । उनी श्रीपेच राखिएको कोठामा पुगे । त्यहाँ बुलेटप्रुफ सिसाको शोकेसमा श्रीपेच राखिएको छ । खुकुरी पनि शोकेसमा राखिएको छ । र त्यसको सुरक्षामा नेपाली सेनाका पाँचजना सुरक्षाकर्मी खटिएका छन् ।

श्रीपेच भएको कोठामा पुगेपछि घर्तीको चाल बदलियो । उनले खुकुरी राखेको शोकेस फुटाल्ने प्रयास गरे । खुकुरी निकाल्न खोजे । यो देखेपछि सुरक्षाकर्मीको सहयोगमा संग्राहलयका कर्मचारीले उनलाई नियन्त्रणमा लिए । घर्तीलाई नियन्त्रणमा लिएपछि नेपाल प्रहरीको दरबारमार्ग प्रभागलाई बुझाइएको संग्राहलयका सूचना अधिकृत बुद्धी गुरुङले जानकारी दिए ।

उनले खबरहबसँग भने, ‘त्यहाँ हाम्रो सुरक्षाकर्मी तैनथ हुन्छन् । चोरी हुने सम्भावना छैन । तर अवलोकन गर्न सयौँ मानिससँगै आएका उनले (घर्ती) ले खुकुरी राखेको सिसाको शोकेस फुटाल्ने प्रयास गरेपछि हामीले उनलाई नियन्त्रणमा लियौँ।’

घर्तीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको सोधपुछमा घर्तीले आफूले श्रीपेच लगाएर राजतन्त्र ब्यूँताउन खोजेको बयान दिएका छन् । प्रहरी प्रभाग दरबारमार्गका डीएसपी रामेश्वर पौडेलले खबरहबसँग भने, ‘आफूलाई राजा घोषणा गर्न चाहेको  घर्तीले हामीसँग बयान दिएको छ । थप सोधपुछ जारी । मानसिक अवस्था ठिक नभएको जस्तो बुझिएको छ ।’

प्रहरीका अनुसार घर्ती वैदेशिक रोजगारको शिलशिलामा बहराइनबाट गत वर्षमात्र नेपाल फर्केका थिए । त्यसयता उनको मानसिक अवस्था ठिक नरहेको उनको परिवारले जनाएको डीएसपी पौडेलले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : ४६ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले