दशैँमा घर जान खुलेको अग्रिम टिकट बुकिङ गर्न के गर्ने ? « Khabarhub

दशैँमा घर जान खुलेको अग्रिम टिकट बुकिङ गर्न के गर्ने ?


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी सोमबारबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । यससँगै दशैँका लागि उपत्यकाबाहिर जानेहरूले सम्बन्धित बसपार्क तथा टिकट काउन्टरमा भौतिक रुपमा वा अनलाईनबाटै पनि टिकट बुकिङ गर्न सक्नेछन् ।

यातायात व्यवस्था विभागले चाडपर्व लक्षित दशैँ तिहार र छठका लागि यातायात सहजिकरण सम्बन्धि सूचना जारी गरेको छ ।

–यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशाक्य अनलाईन बुकिङ गराउनुपर्नेछ । जसअन्तर्गत व्यवसायीले छुट र सहुलियत समेत व्यवस्था गर्नुपर्नेछ ।

– अग्रिम टिकट बुकिङ तथा उपत्यका बाहिरिने र भित्रने यात्रुवाहक सवारीसाधनको ट्राफिक प्रहरी उपभोक्ता मञ्चसँग सहकार्य गरी अनुगमन गर्ने ।

– कोरोना भाइरस माहामारीलाई मध्यनजर गरी सवारी साधन सञ्चालन गर्ने, यसका लागि यात्रुलाई खाना/ खाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्ने ।

–अनाधिकृत काउन्टर र व्यक्तिबाट टिकट विक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने/गराउने ।

– मुख्य सडकमा भएका खाल्डाखुल्डी पुरी यातयात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने ।

– आवश्यक सवारी साधनहरूको व्यवस्था यातयात व्यवसायी महासंघले गर्ने ।

–यातायात आवगमन सहज बनाउन खाद्यन्न लगायत अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरू असोज २० गतेदेखि कार्तिक ३ गतेसम्म नारायाणघाटदेखि काठमाडौँसम्म रोक लगाउने ।

–यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : २१ बजे

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

सोमबार बिहानै रोल्पामा भूकम्पको धक्का

काठमाडौँ – रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प