दिल्लीको अदालतमा गोली चल्यो, ४ जना मारिए « Khabarhub

दिल्लीको अदालतमा गोली चल्यो, ४ जना मारिए


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको राजधानी दिल्लीस्थित रोहणी अदालतमा शुक्रबार गोली चलेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘गुण्डा नाइके’ जितेन्द्रमान गोगीलाई अदालतमा उपस्थित गराउँदा अज्ञात आक्रमणकारीले उनीमाथि गोली प्रहार गरेका थिए ।

गोगीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै गोली चलेपछि प्रहरीले जवाफी कारबाही गर्दा तीनजना आक्रमणकारीसमेत मारिएका छन् । घटनामा अन्य तीनजना घाइते भएका छन् । यो गोलीकाण्डपछि वकीलहरुले सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आफूहरुलाई छुट्टै परिचय पत्र आवश्यक भएको बताएका छन् ।

आक्रमणकारीहरु वकीलको भेषमा अदालतमा प्रवेश गरेका थिए । एजेन्सी

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ४ : ३५ बजे

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले