कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ गते हुने « Khabarhub

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ गते हुने


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौँको भने असोज १६ गते शनिबार हुने भएको हो ।

काठमाडौँका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले यही असोज ५ गते गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशिल सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न केही ढिलाई भएको र केही वडामा पुनःनिर्वाचन गर्नुपर्ने भएकाले असोज १६ गते नगर अधिवेशन गर्न लागेको जानकारी दिए ।

“थप गरिएका मतदाता नामावलीको नाम वडामा नपुगेको र पुगेका नामावलीमा विवाद भएको कारण दक्षिणकाली नगरपालिका–२ र कागेश्वरी मनोहरा नगरपालिका–५ को वडा अधिवेशन पुनःगराउनुपर्ने भएकाले कार्यतालिका एक हप्ताका लागि सारेका हौँ”, प्रमुख निर्वाचन अधिकृत आचार्यले भने ।

दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ८ : १३ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक