सुदूरपश्चिम नीति तथा योजना आयोगका उपाध्यक्ष साउदद्वारा राजीनामा « Khabarhub

सुदूरपश्चिम नीति तथा योजना आयोगका उपाध्यक्ष साउदद्वारा राजीनामा


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले पदबाट राजीनामा दिएका छन् ।

उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजीनामा पत्र पठाएका हुन् ।

मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउँदै सक्कलपत्र आएपछि राजीनमाबारे छलफल गरिने बताए ।

एमालेसम्बद्ध मन्त्रीहरू प्रदेश सरकारबाट बाहिरीएपछि प्रदेश सरकारलाई काम गर्न सहज होस् भनेर राजीनामा दिएको र सक्कल कुरियरबाट पठाएको बताइएको छ ।

साउदलाई गत वर्ष पुस १३ गते प्रदेशको मन्त्रीपरिषद्को बैठकले उनलाई प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगको अध्यक्षमा मुख्यमन्त्री अध्यक्ष रहने व्यवस्था छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : ४५ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका