दाँत रोगीले के गर्ने ? के नगर्ने ? « Khabarhub

दाँत रोगीले के गर्ने ? के नगर्ने ?


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँतमा कीरा लागेर प्वाल बढ्दै नशासम्म पुगेपछि दाँत दुखेको हामी अनुभव गर्दछौँ । जसको कारणले जिगासमेत दुख्ने र सुन्निने हुन्छ । दाँत र गिजा दुख्यो भने रोगीहरु रुने, कराउने र छटपटाउने गर्दछन् । दाँत दुख्दा विशेषगरी गाला सुन्निने, कानवरिपरि र टाउकोको पूरै भागसमेत दुख्छ र ज्वरोसमेत आउँछ ।

खान र गर्न नहुने कुराहरु :

चिसो आइसक्रिम, दही, चिसो फलफूल, चिसो पानी, गुलिया खानेकुराहरु, मिश्री, चिनी, मिठाइहरु खानु हुँदैन । दाँतले चपाउने कडा खानेकुराहरु सुख्खा फलफूलहरुमा : मूला, फर्सी, तामा, आलु, पिँडालु, अमिलो, पीरो आदि खानुहुँदैन ।

खान र गर्न हुने कुराहरु :     

दाँत दुखेको बेला चपाउनु नपर्ने तरल खानेकुराहरुमा जस्तै : पातलो जाउलो वा सादा सुप मात्र खाने, दिनको ४/५ पटक तातो पानी पिउने, नून पानीले मुख पटक पटक कुल्ला गरिराख्ने, दुखाइका कारण बढी गाला सुन्निएको छ भने बरफले सेक्ने गर्नुपर्छ ।

दाँत दुखेको बेला नून, ल्वाङ र तोरीको तेल मिसाई दाँत माझ्ने, दाँत बढी दुखेमा सानो टुक्रा कपासलाई रक्सीमा भिजाई दुखेको दाँतले च्याप्ने । बीचबीचमा फिटकिरी र नूनपानी पकाई कुल्ला गर्दा पनि दाँतको दुखाइ कम हुन्छ ।

साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : ४५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त