महङ्गो भाडा असुल गर्ने सवारीलाई कारबाही, ५० यात्रुको पैसा फिर्ता | Khabarhub Khabarhub

महङ्गो भाडा असुल गर्ने सवारीलाई कारबाही, ५० यात्रुको पैसा फिर्ता


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगंज – चाडपर्वको मैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ती सवारीलाई कारबाही तथा ५० यात्रुबाट लिइएका बढी भाडा फिर्ता गराइएको कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

सो कार्यालयसहित मातहतको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र महोत्तरीको संयुक्त पहलमा सुमो, हाइस र बस गरी १३ सार्वजनिक सवारीलाई कारबाही गरिएको जनाइएको छ ।

यसैबीच चाडपर्वलाई यस कार्यालय तथा मातहत कार्यालयबाट सवारी जाँच गर्दा मादक पदार्थ सेवन गरी चलाएका साना तथा ठूला गरी ५७ सवारीलाई कारबाही गरेको जनाएको छ । यसबाट रु ५७ हजार ५०० राजश्व सङ्कलन भएको जनाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ३१ बजे

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन