अध्यक्ष ओली झापा पुगे, प्रभु साह गएनन् « Khabarhub

अध्यक्ष ओली झापा पुगे, प्रभु साह गएनन्


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । लेखराज भट्टलगायतका पार्टिका नेताहरुका साथ अध्यक्ष ओली मध्याह्न १२ बजे गृहनगर झापा पुगेका हुन् । नेता प्रभु साह भने झापा गएनन् ।

‘म त बिहानै ७ बजे आएर अरु कार्यक्रममा सहभागी भएर अहिले अध्यक्षलाई स्वागत गर्न एयरपोर्टमा छु’, नेता सुवासचन्द्र नेम्वाङले खबरहबसँग भने, ‘लेखराजजीलगायत आउनुभएको छ, प्रभुजीसँग मेरो कुरा भयो, मैले उहाँलाई काठमाडौँमै रहनुहोस्, हामी यताको कार्यक्रम गरेर आउँछौँ भनेको छु।’

यसअघि नेता साह पनि झापा जाने बताइएको थियो । एमालेको वडा अधिवेसन सकिएको भोलिपल्ट झापा पुगेका ओली तीन दिन प्रदेश १ मा रहने भएका छन् । ओलीले अहिले केहिबेरमा बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ।

भोलि गौरादह नगरपालिका–५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि ओलीले त्यसपछि गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदनाप्रदान कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी पर्सि ९ गते पार्टी नेताहरूसँग छलफल गरेर काठमाडौं फर्कने कार्यतालिका छ ।

प्रभु साह गएनन्

लामो समयदेखि एमालेमा असन्तुष्ट रहेका प्रभु साह पनि आइतबारबाट औपचारिक रूपमा सक्रिय भएका छन् ।

नेकपा विभाजनपछि माओवादीमा नफर्केर एमालेमै बसेका साह केहिदिन अघि अध्यक्ष ओलीसँगको सहमति गरेर औपचारिक रूपमा एमालेमा सक्रिय भएका हुन्।

उनी झापा जाने भने पनि नगएर काठमाडौँमै बसेका छन् ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १२ : ०५ बजे

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी