न्यायाधीशहरूको निष्कर्ष : न्यायीक नेतृत्वमाथि छानविन गर्नुपर्छ | Khabarhub Khabarhub

न्यायाधीशहरूको निष्कर्ष : न्यायीक नेतृत्वमाथि छानविन गर्नुपर्छ

नेपाल बारको टोली सर्वोच्चमा


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठतम् न्यायाधीशहरूको छलफल सकिएको छ । आजको छलफलले न्यायीक नेतृत्वमाथि छानविन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सर्वोच्चमा मुद्दा प्रभावित हुने देखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चका वरिष्ठतम पाँचजना न्यायाधीशहरूबीच छलफल भएको थियो । त्यसलगत्तै सर्वोच्चमा इजलास शुरु भएको छ । प्रधानन्यायाधीश र वरिष्ठतम् न्यायाधीशबीच के सहमति भयो भन्ने खुलेको छैन ।

प्रधानन्यायाधीश जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको थियो ।

प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्दाको फैसलामा चलखेल गरेकोलगायतका आरोप लगाउँदै पूर्वन्यायाधीशहरू र नेपाल बार आन्दोलित भएपछि सर्वोच्चकै न्यायाधीशहरूसमेत इजलास बस्न मानिरहेका छैनन् ।

केही न्यायाधीशले प्रधानन्यायाधीशमाथि उठेको प्रश्नको निरूपण नभएसम्म इजलास बस्न नसकिने बताएपछि मुद्दाको सुनुवाइ प्रभावित भएको थियो ।

वरिष्ठतम् न्यायाधीशहरूसँगको छलफल सकिएपछि नेपाल बारको टोली प्रधानन्यायाशीध जबरा भेट्न सर्वोच्च पुगेको छ । अहिले प्रधानन्यायाधीश र बार टोलीबीच छलफल भइरहेको छ । यस्तै, दिउँसो साढे १ बजे सर्वोच्च बारको बैठक बस्ने भएको छ । रणनीति बनाउन बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १२ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र