प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग « Khabarhub

प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलको कार्यालय प्रदेश १ ले माग गरेको छ ।

मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबारको बैठकमा मतविभाजन गरिने तयारी थियो ।

तर, कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई पत्र बुझाएपछि एमालेले पनि आफ्नो पार्टीको १०औँ महाधिवेशन अन्तर्गतका कार्यक्रम देखाएर प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको हो ।

एमालेका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुखलाई सम्बोधन गरी बुझाएको पत्रमा १५ कात्तिकसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरिएको छ ।

यसअघि आइतबार नै कांग्रेसले पनि प्रदेशसभाको आइतबारको बैठक स्थगित गर्न माग गरेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १ : १५ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि