बेमौसमी वर्षा: बाली बीमा नहुँदा किसानले लाखौंको क्षति बेहोरे « Khabarhub

बेमौसमी वर्षा: बाली बीमा नहुँदा किसानले लाखौंको क्षति बेहोरे


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगे पनि बाली बीमा नहुँदा किसानलाई समस्या भएको छ । दसैँलगत्तै परेको झरीले धान, कोदो तथा दलहन बालीमा क्षति पुगेको थियो ।

जिल्लाभरका अधिकांश धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरको तथ्यांक संकलन गरेर प्रदेशको कृषि मन्त्रालयमा पठाइएको कार्यालयको भनाइ छ । पसाएको धान र कोदो झरीका कारण ढलेपछि कुहिन थालेको छ । दाना लाग्न नपाउँदै ढलेपछि अन्न मात्रै होइन, घाँस समेत नहुने चिशंखुगढीका किसान भोला ढुंगानाले बताए ।

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लाभर चार हजार चार सय ९३ हेक्टर क्षेत्रफलमा लगाइएको धान, कोदो तथा अन्य दलहनमा पूर्ण क्षति पुगेको छ । यो मध्ये सबैभन्दा धेरै कोदोमा क्षति पुगेको छ । सात हजार सात सय ५१ हेक्टरमा लगाइएको कोदोमध्ये एक हजार तीन सय ९५ हेक्टर क्षेत्रफलमा पूर्ण क्षति भएको छ ।

त्यस्तै, चार हजार चार सय तीन हेक्टरमा लगाइएको धानमध्ये आठ सय ८० हेक्टर धान ढलेर काम नलाग्ने अवस्थामा पुगेको छ । ९३ हेक्टरमा लगाइएको फापरमध्ये १८ हेक्टरमा पूर्ण क्षति पुर्‍याएको छ । जिल्लामा कुल ६ हजार पाँच सय हेक्टर खेतमध्ये पानी कम परेकै कारण चार हजार चार सय ९३ हेक्टर मात्रै रोपाइँ भएको थियो ।
रोपाइँ नै कम भएको समयमा फेरि पानी र हावाहुरीले धान ढालेपछि थप क्षति हुँदा किसानलाई खाद्यान्न संकट हुने चिन्ता छ ।

उनीहरूलाई सरकारले राहत दिनुपर्ने अगुवा किसानको माग छ । किसानलाई बेमौसमी वर्षा र हावाहुरीले क्षति पुर्‍याउँदा लाखौं क्षति भएको राष्ट्रिय कृषक समूह महासंघका कार्यक्रम अधिकृत सरस्वती कट्वालले बताइन् ।

बीमा नहुँदा किसानलाई मर्का

सरकारले किसानलाई बाली बीमा गराउने नीति ल्याए पनि ओखलढुंगामा कार्यान्वयनमा आउन सकेको छैन । बाली बीमाको विषयको सचेतना किसानसम्म पुग्न सकेको छैन । ‘बीमा भए क्षतिपूर्ति हुन्थ्यो होला, यसबारे जानकारी नै छैन कहाँ कसरी गर्ने हो ?’ किसान सानु मगरले भने ।

प्रकृया झन्झटिलो रहेकाले किसानले बीमा गर्न नचाहेको कृषि ज्ञान केन्द्रका प्राविधिक टिका बानियाँले बताए । उनले भने, ‘किसानलाई जति भने पनि बीमा नै गर्दैनन्, क्षतिपूर्ति कम आउने कहिलेकाहीँ मात्रै समस्या आउने भएकाले किसानको ध्यान नै जाँदैन ।’

कार्यालयले बाली बीमाबारे कुनै कार्यक्रम नै ल्याएको छैन । सरकारले बाली बीमाका लागि कम्पनीलाई तोके पनि किसानले बीमा गराउन नआएको आइएमइ जनरल इन्स्योरेन्सका खुरहरि दाहालले बताए । उनले भने, ‘बाली बीमा लागतमा हुने र क्षति हुँदा उत्पादनमा हुँने भएकाले किसानले ध्यान नदिएका हुन् ।’

अहिलेको नीतिअनुसार खेति गर्दा लागेको बीउ, मल तथा जनशक्तिको हिसाबका आधारमा मात्रै क्षतिपूर्तिको व्यवस्था छ । क्षति हुँदा उत्पादन भएको बाली हुने हुँदा बीमा गर्दा उत्पादनको क्षतिका आधारमा हुनु पर्ने राष्ट्रिय कृषक समूह महासंघका कार्यक्रम अधिकृत कटुवालले बताइन् ।

उनले महासंघले सरकारसँग हाल क्षतिपूर्ति दिन र बीमा नीति परिमार्जन गर्न पैरवी गरिरहेको पनि जानकारी दिइन् । उत्पादनका आधारमा हुने क्षतिको बीमा गर्ने नीति ल्याएर बाली बीमा प्रभावकारी बनाएमा बीमाप्रति किसानको आकर्षण बढ्ने अखिल नेपाल किसान महासंघका नेता शारदा निरौला बताउँछिन् । ओखलढुंगामा बाली गर्ने किसानको अभिलेख नै छैन । एकजनाले पनि बीमा गरेको जानकारीमा नरहेको कृषि ज्ञान केन्द्रको भनाइ छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १ : ३३ बजे

‘मारिया हस्पिटल’ अवैध, सिलबन्दी गर्न जिल्ला प्रशासन र प्रहरीमा पत्राचार

काठमाडौं– काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई

पूर्वराष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’