कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल | Khabarhub Khabarhub

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकहरूको चहलपहल बढेको छ । अन्तरिक तथा बाह्य पर्याकहरूको जहलपहल बढेको हो । कोभिड-१९को कारणले दुई वर्ष सुनसान रहेको कञ्चनजंघा क्षेत्रमा गत सातादेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल सुरु भएको ।

कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधारक्षेत्र पुगेका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमै पुगेका छन् । यस्तै ताप्लेजुङ हुँदै मकालु हिमालको भ्रमणमा जाने पर्यटकसमेत ओलाङ्चुङगोला क्षेत्रमा पुगेका छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा विदेशीसहित २८ जना पर्यटक विहिबार कञ्चनजंघा क्षेत्र प्रवेशद्वार घुन्सा पुगेको छ ।

विदेशी पर्यटकमा अमेरिका, फ्रान्स लगायत देशका ११ जना छन् भने आन्तरिकमा झापा, काठमाडौंलागयत विभिन्न जिल्लाका पर्यटकहरू घुन्सा क्षेत्रमा पुगेको शेर्पाले बताए ।

त्यस्तै ४० जना विदेशीसहित पर्यटक कञ्चनजंघा आधार शिविर प्रवेश गरिसकेको शेर्पाले बताए । उक्त पर्यटकको टोली साता दिन अघि नै आधार शिविर क्षेत्रको भ्रमणमा गएका बताइएको छ ।

यसैगरी, फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएका दुईजना अमेरिकी आरोहीसहितको टोली पनि वर्षाले कुम्भकण क्षेत्रमै रहेको छ ।

यता, ताप्लेजुङ र संखुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ जना पर्यटक ओलाङचुङगोलामा पुगेको ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाले बताए ।

तीन दिनदेखिको निरन्तरको वर्षाका कारण कञ्चनजङ्घाको खम्बाचेन, लोनाक आधार शिविर क्षेत्रसम्म हिमपात भएको पनि घुन्साका स्थानीय होटल व्यवसायी उटुक शेर्पाले बताए ।

केहि हिमपात भए पनि पर्यटक घुन्सा क्षेत्रदेखि कञ्चनजंघा हिमालको आधारशिविर क्षेत्रतिर प्रवेश गरेको शेर्पाले बताए । तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा पर्यटकीय वस्तीमा पर्यकहरूको खचाखच हुन थालेको छ ।

त्यस्तै, तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगाला वस्तीमा पुग्न थालेको स्थानीय तन्तिङ वालुङले बताए । फले, घुन्सा गाउँ कञ्चनजंघा हिमालको पदमार्ग क्षेत्रमा पर्दछ भने फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी सुरुवात बिन्दु पर्दछ ।

पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल (पूर्व–पश्चिम पदमार्ग) पर्न थालेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए ।

लामो समयसम्म कोभिड—१९ का कारणले बन्द भएको कञ्चनजंघा क्षेत्रका होटलहरू खुल्न थालेको छ । ठूलाठूला लगानी गररे निर्माण गरेको होटलहरू दुई वर्षयता पर्यटक नआएपछि बन्द भएको थियो ।

तर, गत सातादेखि पर्यटकहरूको चहलपहल बढेसँगै होटल धमाधम सञ्चालनमा आउन थालेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १ : ३७ बजे

दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

काठमाडौं– दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा

हेर्नुहोस् पूर्व-पश्चिम रेलमार्गको अवस्था (तस्बिरहरू)

काठमाडौं– सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति निकै सुस्त

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका