कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थाल्यो: नेता सिंह | Khabarhub Khabarhub

कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थाल्यो: नेता सिंह


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्व पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् ।

जनकपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाए ।

केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उनको भनाइ छ ।

पदाधिकारीले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार/चार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने सिंहले चेतावनी दिए । तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्ने उनको भनाइ छ ।

आफ्नो स्वार्थ पुरा गर्न हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको भन्दै उनले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह गरे।

१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने दृढता देखाउँदै सिंहले भने, ‘महाधिवेशन शुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो ? परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ ।’

महाधिवेशनलाई खेलाँचीका रुपमा लिइएमा सह्य नहुने चेतावनी दिँदै सिंहले भने, ‘१४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ । म सभापतिको अभियानमा होमिइसकेँ ।’

पाटीलाई संस्थागत गर्ने एकसूत्रीय अभियान आफ्नो रहेको भन्दै उनले भने, ‘ए कांग्रेस, बी कांग्रेस भन्ने गूटीय अवधारणा समाप्त गर्नुपर्दछ । विधि नियम अनुसार चल्ने पार्टी बनाउने मेरो ध्येय छ ।’

फरक प्रसंगमा नेता सिहले कांग्रेस नेतृत्वको कमजोरीका कारण कम्युनिष्टहरूले व्यवस्थामाथि नै प्रहार गर्न थालेको बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १ : ५६ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर