तत्काल राहतको व्यवस्था गरिनुपर्छ: वरिष्ठ नेता पौडेल | Khabarhub Khabarhub

तत्काल राहतको व्यवस्था गरिनुपर्छ: वरिष्ठ नेता पौडेल


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताएका छन् ।

टीकापुरमा आयोजित कार्यक्रममा नेता पौडेलले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताए ।

उनले भने, ‘बाढीका कारण कैलालीको पूर्वी क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएको रहेछ । जुन मैले स्थलगत निरीक्षणका क्रममा देख्न पाएँ । अहिलेका अवस्थामा तत्काल अल्पकालीन राहत र पछि योजनाका साथ दीर्घकालीन राहतको व्यवस्थाका लागि म सरकारसँग माग गर्दछु ।’

वरिष्ठ नेता पौडेलले कर्णाली र मोहना नदीका कारण टीकापुर उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसको दीर्घकालीन समाधानको बाटो खोज्नका लागि पनि सरकारसँग छलफल गर्ने बताए ।

‘कर्णाली र मोहना नदीलाई अहिलेको नयाँ डिजाइनबाट बाँध्न आवश्यक छ । त्यसका लागि विज्ञ टोली बनाएर अनुसन्धान गरिनुपर्छ’, उनले भने, ‘जबसम्म कर्णाली र मोहना नदीको समस्या समाधान हुँदैन, तबसम्म बाढी र डुबानको जोखिम कम हुने स्थिति पनि छैन ।’

वरिष्ठ नेता पौडेलले यही कात्तिक १ गतेदेखि आएको बाढीका कारण कैलालीको विभिन्न ठाउँमा भएको क्षतिको स्थलगत निरीक्षण गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १ : ५९ बजे

आगोले जलेर आमाछोराको मृत्यु

ओखलढुङ्गा– आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ

डढेलो निभाउने क्रममा जलेर ओखलढुंगामा आमाछोराको मृत्यु

ओखलढुंगा – खरबारीमा लागेको डढेलो निभाउने क्रममा ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण

‘सिधाकुरा’ प्रकरणका तीनैजना तारेखमा छुटे, दुई मिडिया मालिकसँग सर्वोच्चले माग्यो जवाफ

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले मिडिया मालिकलाई जोडेर स्टिङ

महिला उद्यमी महासंघका पदाधिकारीसँग अर्थमन्त्री पुनले गरे छलफल 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला

कोशी प्रदेशमा रास्वपाको शक्ति कति ?

काठमाडौं- इलाममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर रवि