५७ परिकारको एउटा खाजा सेट ! « Khabarhub

५७ परिकारको एउटा खाजा सेट !

अहिलेसम्म कसैले सकेनन् पूरा खान


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छुट्टिको अवसरमा धेरै मानिस अधिक भोजन गर्दछन् । तथापी कसैले खाजामा एकै साथ ४ दिन बराबरको क्यालोरी खान सम्भव नहोला । तर बेलायतका कार्डिफ कैफेले तयार पारेको ५७ परिकारको टाइटन खाजा खान भने हतपत कसैले आँट गर्दैनन् । गरिहाले पनि खाजा पुरा खान सक्दैनन् ।

कैफेले तयार पारेको खाजामा कुल क्यालोरी ८ हजार भन्दा बढि हुन्छ । सामान्य अवस्थामा एक व्यक्तिले यो क्यालोरी ४ दिनको खानाबाट प्राप्त गर्दछ । त्यसैले अहिलेसम्म यो खाजा खाने चुनौतीको सामना गर्ने कसैले पनि यसलाई पुरा गर्न सकेका छैनन् ।

यस टाइटन ब्रेकफास्टमा बेकनको ८ रैशर, ८ ससेज, ८ तारेको अण्डा, ६ हैश ब्राउन, ब्लैक पुडिंगको ६ स्लाइस र एक पाउण्ड च्याउ सहित अन्य कैयौ चिज समावेश छन् । यस अलावा एक पाउण्ड तारेको आलू, एक अमलेट, टमाटर, बेक्ड बीन्स, ३ भेनिला पेनकेक्स, बटरयुक्त ब्रेडको ४ स्लाइस, तारेको ब्रेडको ४ स्लाइस, टोस्ट समेत समावेश छ ।

एक रिपोर्ट अनुसार उक्त खाजा खाने चुनौतीलाई वेल्स अनलाइनका रिपोर्टर जन जोन्सले स्वीकारेका थिए । जसै टेबलमा पस्किइएको ५७ परिकार आयो उनी हतोत्साहित भए । उनले खाजा शुरु गर्नु अघि नै डराएका थिए । उनले खाजा त खाए तर ३० मिनेट नबित्दै सबै छाडे । अधिकाशं परिकार त उनले छुन समेत सकेनन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  २ : १४ बजे

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर

काठमाडौं– पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र