झापा पुगेका ओलीलाई कुमारी लिम्बूले मास्क खोल्न लगाइन् | Khabarhub Khabarhub

झापा पुगेका ओलीलाई कुमारी लिम्बूले मास्क खोल्न लगाइन्


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– एमाले अध्यक्ष केपी ओली तीन दिने झापामा भ्रमणमा छन् । आइतबार बिहान काठमाडौँबाट झापा आइपुगेका उनले पारिवारिक र छिमेकीसँग भेटघाट गरेका छन् ।

झापाको भद्रपुर–१ स्थित पृथ्वीनगरमा ९३ वर्षीय बुबा मोहन ओलीलाई भेट्न पुगेका उनले सो क्रममा भाइ, भाइबुहारीसहित छिमेकीसँग पनि भेटघाट गरेका छन् ।

परिवारका सदस्यसँग कुराकानीपछि पुराना नेता, ज्येष्ठ नागरिक, गाउँलेसँग भेटघाट गरेका उनलाई छिमेकी कर्णबहादुर कार्कीले सञ्चो बिसञ्चो सोधे । ओलीले पनि उनकाबारे जिज्ञासा राखे ।

छिमेकी मन्दिरा कोइरालाले ओली आउँदा भेट हने र आफूहरूको गुनासो सुन्ने गरेको बताइन् ।

अर्की छिमेकी कुमारी लिम्बूले ओलीलाई मास्क खोल्न लगाइन् । लिम्बूले मास्क खोल्न भनेपछि ओलीले खोलेका थिए । त्यसपछि उनीसँग ओलीले फोटो पनि खिचे ।

सोही क्रममा कलाकार विल्सन विक्रम राईले ओलीलाई भेट्न पृथ्वीनगर पुगेका थिए । उनले पनि ओलीसँग तस्बिर खिचे ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : २० बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक