संघीयता उल्ट्याउने प्रयत्न भएको छ : प्रचण्ड (भिडियो) « Khabarhub

संघीयता उल्ट्याउने प्रयत्न भएको छ : प्रचण्ड (भिडियो)


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् ।

आइतबार काठमाडौँमा पदम बिश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई नै अपराधी सावित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको टिप्पणी गरेका छन् ।

प्रचण्डले जातीयय विभेदका लागि भएका बिद्रोहलाई समेत बदनाम गराउन खोजेको बताए । दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफूले अनेक आरोप खेप्नुपरेको उनको भनाइ छ । प्रचण्डले जातीय विभेदको आन्दोलन सुरु गर्ने रोल्पा रुकुम जस्ता स्थानमा नै दलितसंग प्रेम गरेको आरोपमा मारिनुपर्ने घटना दुर्भाग्यपूर्ण रहेको धारणा राखे ।

प्रचण्डले संघीय लोकतन्त्रिक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरे पनि मुलधार भनिने पार्टीहरुले अझै पनि पुरातन सोचमा नै रहेको टिप्पणी गरे । कार्यक्रममा ज्योति स्पर्श र रातो बारुद पुस्तक लोकार्पण गरिएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : ४१ बजे

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध