मकालु बेस क्याम्पमा एक डेनिस नागरिकको मृत्यु « Khabarhub

मकालु बेस क्याम्पमा एक डेनिस नागरिकको मृत्यु


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ । मकालु बेस क्याम्पमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि उनी बेस क्याम्प पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले पुष्टि गरेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु बेस क्याम्पभन्दा केहीमाथि शनिबार दिउँसो मृत्यु भएको हो ।

गत असोज २५ गते तीन विदेशी पर्यटक सहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालु आधार शिविर गएको थियो ।

मकालु बेस क्याम्पमा फसेका दुई विदेश पर्यटक र एक नेपालीको सकुशल उद्धार गरिएको छ । आइबार दिउँसो दुई जना डेनिस नागरिक र एक जना नेपालीको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ ।

मकालु बेस क्याम्पमा हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिकको उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौँ पुगेका नीरज कार्कीले बताए । कार्कीका अनुसार ६ नेपाली नागरिक र मृतक डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको शव मकालु बेस क्याम्पमै छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : ४२ बजे

निर्वाचन २१ दिन बाँकीः यी हुन् नागरिक शिक्षा प्रवर्द्धनका स्रोत सामग्री

काठमाडौं – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ २९ गते बिहीबार फागुन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ २९ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २९ गते बिहीबार फागुन

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका