मेरापिकमा बेपत्ता आरोहीको खोजीका लागि तालिम प्राप्त टोली लुक्लामा « Khabarhub

मेरापिकमा बेपत्ता आरोहीको खोजीका लागि तालिम प्राप्त टोली लुक्लामा


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बु जिल्लाको मेरापिक क्षेत्रमा बेपत्ता भएका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ । मेरापिक आरोहण सकेर फर्कने क्रममा छ दिनदेखि बेपत्ता भएका शेर्पाको खोजीका लागि तीनजनाको टोली आइतबार लुक्ला आइपुगेको हो ।

सोलुदूधकुण्ड–३ का २९ वर्षीय शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणका लागि आएका थिए । यही कात्तिक २ गते मङ्गलबार दिउँसोदेखि मेरापिक क्षेत्रको मेराला भन्ने ठाउँबाट उनी बेपत्ता बनेका थिए । उनको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा सातजनाको तालिमप्राप्त उद्धार टोली मेरापिक जानेछ ।

एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार सातमध्ये काठमाडौँबाट आइतबार लुक्ला आएका तीनजनासहित लुक्लामा रहेका एक गरी चारजनाको टोली हेलिकप्टरमार्फत मेरापिक जानेछन् । उनीहरु आइतबार नै त्यहाँ जाने योजना रहे पनि मौसम प्रतिकूलताका कारण लुक्लामा नै रोकिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए । लुक्लाबाट मेरापिक जानका लागि कैलाश एयरको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

अन्य तीनजनाको समूह मेरापिकभन्दा केही तल खारेमा रहेका छन् । खोजीका लागि ट्रेकिङ कम्पनी, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ९टान०, नेपाल माउन्टेनरिङ एसोसिएसन ९एनएमए० र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले समन्वय गरिरहेको प्रजिअ शाहीले बताए।

बेपत्ता भएका अविवाहित शेर्पाका बुबा आमाको केही वर्षअघि नै मृत्यु भइसकेको छ । उनका साथमा एकजना भाइ रहेका छन् । भाइको समेत गत वर्ष मात्रै मिर्गौला प्रत्यारोपण गरिएको पारिवारिक स्रोतले बताएको छ । छेतेन शेर्पाले मेरापिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आरोहणमा गएको बताइएको छ । गाइडका साथमा जानुभएका शेर्पासँग हिमाल आरोहणसम्बन्धी आवश्यक जानकारी नहुँदा समस्या भएको अनुमान गरिन्छ । रासस

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : १८ बजे

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक