पर्यटन पूर्वाधारले रोकियो गाउँको बसाइसराइ « Khabarhub

पर्यटन पूर्वाधारले रोकियो गाउँको बसाइसराइ


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– भूगर्भ शास्त्रमा स्नातक गरेका बागलुङ नगरपालिका–७ निवासी २८ वर्षीय प्रदीप गौतम जागिरको खोजी लागेनन् । चितवनमा स्नातक तहको पढाई सकेर गौतमले आफ्नै गाउँ फर्केर होटेल व्यवसाय अंगालेका छन् ।

बागलुङ नगरपालिका–६ पञ्चकोटमा पर्यटन पूर्वाधार तयार भएपछि भान्सा, सिम क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्यो । गाउँमै पर्यटकको चाप बढेपछि त्यही मौकालाई अवसरमा बदल्दै गौतमले पञ्चकोट नजिकै तीस लाख रुपियाँ लगानी गरेर होटेल सञ्चालन गरेका हुन् ।

कुनै समय अनकन्टार चितुवा लुक्ने भीरको रूपमा परिचित पञ्चकोटमा स्वामी कमलनयन आचार्यको पहलमा आकर्षक पर्यटकीय पूर्वाधारको निर्माण पश्चात् सो क्षेत्रको चर्चा चुलिएको छ ।

पञ्चकोटमा राखिएको विशाल हनुमानको प्रतिमा, कशल, कलात्मक मठ मन्दिर, गरुडशिला, गुफा पञ्चकोट क्षेत्रका मानव निर्मित पर्यटकीय आकर्षण हुन् । भान्सा सिम र पञ्चकोटबाट आँखै अगाडी देखिने धौलागिरि, माछापुच्छ्रे हिमालले प्रकृति प्रेमी पर्यटकलाई मोहित बनाउने गरेको छ ।

स्वदेश तथा विदेशमा पञ्चकोट क्षेत्रको चर्चा चुलिएपछि त्यस क्षेत्र आसपासको बस्ती भान्सा र सिम गाउँको बसाइँ सराइ रोकिएको छ । युवा पुस्ताले पर्यटकीय सुन्दरता र पञ्चकोटमा आउने पर्यटकलाई लक्षित गरी किराना पसन, साना होटेल, रेस्टुरेन्ट, खाजा घर तयार गरी व्यवसाय गर्न थालेका छन् ।

‘पढ्ने बेलामा गाउँ छोडेर चितवन नै बस्ने मन थियो,’ गौतमले भने,‘अहिले चितवन छोडेर गाउँ फर्केर यतै बस्ने सोच बनाएको छु ।’ यहाँको प्राकृतिक सुन्दरतालाई व्यावसायिक बनाउन पहल गर्ने उनको भनाई छ । दैनिक सयौं संख्यामा आउने पर्यटकलाई लक्षित गरी होटेल व्यवसाय सञ्चालन गरेको गौतमले बताए ।

धौलागिरि हिमालको आँगनमा देखिने सुन्दर बस्ती हो, बागलुङ नगरपालिका–६ भान्सा सिमको गाउँ । विगत एक दशकअघि सुनसान रहेको उक्त गाउँमा अहिले दैनिक चहलपहल हुन्छ । भान्साको बस्तीको शिरमा रहेको पञ्चकोटको कारण पनि यो गाउँको महत्त्व बढ्दै गएको हो ।

पञ्चकोटमा रहेका मानव निर्मित विशाल मूर्ति र त्यहाँको प्राकृतिक तथा कृत्रिम पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आवागमनले कुनै समय सुनसान भान्सा क्षेत्रमा अहिले पर्यटकको चहलपहल देखिन्छ । पञ्चकोटमा पर्यटकीय संरचना निर्माण भएपछि भान्सादेखि बसाइसराइ रोकिएको बानपा–६ का वडा सचिव रुद्रबहादुर केसीले बताए ।

‘पहिले पहिले यहाँको घरजग्गा बेचेर तराई छिर्ने चलन थियो,’ उनले भने,‘पञ्चकोटको चर्चा चुलिए पछि बसाइँ सर्ने क्रम रोकिएको छ ।ु युवा पुस्ताले आफ्नै गाउँमा किराना पसल, खाजा नास्ता तथा होटेल व्यवसाय सञ्चालन गर्न थालेको केसीले बताए ।

बादलको घुम्टो हटेपछि भान्साका हरेक घरको छतबाट आँखै अगाडी धौलागिरि हिमालय रेन्ज देखिन्छ । पञ्चकोट पर्यटकीय क्षेत्रको रूपमा विकास भएपछि भान्सा क्षेत्रमा आरसिसी घर बन्न थालेका छन् । कुनै दिन बाँझो जमिन गरी खाने व्यक्ति पाउन कठिन हुने भान्सा क्षेत्रको जग्गा जमिन अहिले घडेरीको रूपमा बिक्री हुन थालेको सचिव केसीले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : ४८ बजे

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४