यी हुन् राणाविरुद्ध उभिएका १४ न्यायाधीश « Khabarhub

यी हुन् राणाविरुद्ध उभिएका १४ न्यायाधीश


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र्र शमशेर राणाले फुलकोर्टको बैठक बोलाएपछि सर्वोच्च अदालतका १४ न्यायाधीशहरु बैठक बसेर सो फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरे । उनीहरुले सोमबार पनि सर्वोच्चमा बसेर थप निर्णय लिइने निष्कर्ष निकाले ।

यी १४ जना न्यायाधीशहरुले वरिष्ठतम न्यायाधीश दीपक कार्कीको समर्थनसमेत गरे । यसरी राणाविरुद्ध विद्रोह गर्ने १४ जना न्यायाधीशहरुमा केही भावी प्रधानन्यायाधीशको लाइनमा रहेकाहरुसमेत छन् ।

न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी राणाविरुद्ध विद्रोहमा उभिएका हुन् ।

बैठकमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल न्यायाधीशहरुको बैठकमा अनुपस्थित रहे । उनीहरु काठमाडौँ बाहिर भएकाले आइतबारको बैठकमा सहभागी नभएका हुन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ३७ बजे

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित