बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा « Khabarhub

बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । आइतबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो ।

रियलको जितमा डेभिड अलावा र लुकास भास्क्वेइजले एकरएक गोल गरे । घरेलु टोली बार्सिलोनाको लागि सर्जियो अग्वुईरोले सान्त्वना गोल गरे ।

खेलको ३२ मिनेटमा अलावाले रियललाई अग्रता दिलाए । उनले काउण्टरमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

दोस्रो गोल ९० मिनेटपछि थपिएको ७ मिनेटमा सम्भव भएको थियो । काउण्टर बलमा लुकास भास्क्वेइजले गोल गरे । उनले सिक्स यार्ड बक्सबाट गोल गर्दै रियललाई २–० को अग्रता बनाए ।

बार्सिलोनाको लागि सर्जियो अग्वुइरोले सान्त्वना गोल गरे । सर्जियो डेस्टको पासमा सिक्स यार्ड बाक्सबाट सहज गोल गरे ।

जितसँगै रियल ९ खेलबाट २० अंक सहित शीर्षस्थानमा उक्लिएको छ ।

समान २० अंक भएपनि सेभिल्ला दोस्रो स्थानमा छ । पराजित बार्सिलोना भने ९ खेलबाट १५ अंकसहित आठौं स्थानमा यथावत छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ५१ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार