बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा « Khabarhub

बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगाको यस सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । आइतबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो ।

रियलको जितमा डेभिड अलावा र लुकास भास्क्वेइजले एकरएक गोल गरे । घरेलु टोली बार्सिलोनाको लागि सर्जियो अग्वुईरोले सान्त्वना गोल गरे ।

खेलको ३२ मिनेटमा अलावाले रियललाई अग्रता दिलाए । उनले काउण्टरमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।

दोस्रो गोल ९० मिनेटपछि थपिएको ७ मिनेटमा सम्भव भएको थियो । काउण्टर बलमा लुकास भास्क्वेइजले गोल गरे । उनले सिक्स यार्ड बक्सबाट गोल गर्दै रियललाई २–० को अग्रता बनाए ।

बार्सिलोनाको लागि सर्जियो अग्वुइरोले सान्त्वना गोल गरे । सर्जियो डेस्टको पासमा सिक्स यार्ड बाक्सबाट सहज गोल गरे ।

जितसँगै रियल ९ खेलबाट २० अंक सहित शीर्षस्थानमा उक्लिएको छ ।

समान २० अंक भएपनि सेभिल्ला दोस्रो स्थानमा छ । पराजित बार्सिलोना भने ९ खेलबाट १५ अंकसहित आठौं स्थानमा यथावत छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ५१ बजे

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम