अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना « Khabarhub

अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ ।

इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा विक्री गर्ने बिक्रेताहरूलाई उक्त जरिबाना गरेको हो । इटालियाली यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई छ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो ।

एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक विक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न पनि रोकेको छ । इटालीको बजारमा ती उत्पादनहरूको बिक्रीलाई केवल अमेजन र चयन गरिएका पक्षहरूलाई भेदभावपूर्ण ढंगमा अनुमति दिएको पुनः विक्रेतामाथि आरोप लागेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले