लिबियाको राष्ट्रपतीय निर्वाचनका लागि ९८ जनाको उम्मेदवारी दर्ता « Khabarhub

लिबियाको राष्ट्रपतीय निर्वाचनका लागि ९८ जनाको उम्मेदवारी दर्ता


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लिबियाको निर्वाचन आयोगले डिसेम्बरमा तय भएको राष्ट्रपतीय निर्वाचनमा भाग लिन पाउने गरी दुई महिलासहित ९८ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएकोे छ ।

निर्वाचन आयोगका प्रमुख इमाद अल सायेहले त्रिपोलीमा मङ्गलबार भएको पत्रकार सम्मेलनमा भने, ‘उम्मेदवार दर्ता मञ्चले शर्त पूरा गरेका ९८ जना उम्मेदवारको कागजात प्राप्त गरेको छ ।’

सबैभन्दा बढी चर्चामा रहेका आकाङ्क्षीहरूमध्ये तत्कालिन शासक मोहमर कद्दाफीका छोरासेइफ अल–इस्लाम काद्दाफी र देशको पूर्व र दक्षिणका केही भागहरूको नियन्त्रणमा रहेको लिबियाली राष्ट्रिय सेनाका नेता खलीफा हफ्तार रहेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन् ।

अन्य आकाङ्क्षीहरूमा संयुक्त राष्ट्रसंघको समर्थन रहेको संयुक्त सरकारका सरकारका प्रधानमन्त्री अब्दुलहामिद दबेबा र भूतपूर्व आन्तरिक मन्त्री फथी बाशाघा पनि रहेको बताइएको छ ।

उम्मेदवारका रूपमा नेशनल मुभमेन्ट पार्टीका अध्यक्ष तथा संस्थापक ४६ वर्षीया लीला बेन खलीफा र सामाजिक विज्ञानका अनुसन्धानकर्ता हुनादा अल–महदी दुई जना महिला मात्र अघि बढेका छन् ।

संयुक्त राष्ट्रसंघले सन् २०११ मा नेटोको सहयोगमा भएको विद्रोहमा पतन भएर काद्दाफीको हत्या भएदेखि तेल सम्पन्न राष्ट्रलाई प्रभावित बनाएको एक दशकको हिंसाको अन्त्य गर्ने प्रयास गर्दा यो सर्वेक्षण आएको हो ।

अन्तिम उम्मेदवारको सूची १२ दिनभित्र प्रकाशित हुने बताइउको छ । एकपटक प्रमाणित र अपिल पूरा भएपछि आवेदन पेश गर्ने समय सीमा सकिएको सोहले बताए ।

आयोगले उम्मेदवारलाई निर्वाचन कानुन पालन गर्ने सुनिश्चित गर्न महाअभियोग, पासपोर्ट र राष्ट्रियता विभाग र जनरल इन्टेलिजेन्सलाई कागजात दिन बताइएको छ ।

लिबियाका ७० लाखमध्ये २८ लाखभन्दा बढी मानिसहरूले मतदानको लागि आफ्नो नाम दर्ता गरेका छन् भने अहिलेसम्म १७ लाखभन्दा बढी मतदाताले आफ्नो मतदाता परिचय पत्र पाएका बताइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ०१ बजे

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले