कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी « Khabarhub

कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेपाली कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । उनले ८०९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी शिवराज भट्टले ४८९ मत मात्रै पाए ।

उपसभापतिबाहेक पदाधिकारीमा अन्य पदमा पनि चन्द प्यानलबाटै विजयी भएका छन् । उपसभापतिमा शिवराज भट्ट प्यानलका वीरबहादुर विष्टबाहेक अरू सबै पदमा चन्द प्यानलका उम्मेदवार विजयी भएका हुन् । विष्टले ६५८ मत प्राप्त गरेर विजय हासिल गरेका छन् ।

अर्को उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । उपसभापतिमा प्रतिस्पर्धा गरेका चन्द प्यानलका रमेशदत्त पाण्डे ( ६०८) र भट्ट प्यानलका हरिसिंह धामी (५५२) मत ल्याएर पराजित भएका छन् ।

सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्दले ६४० र देवराज जोशीले ६३३ विजयी भएका छन् । भट्ट प्यानलका रमेशसिंह भण्डारी ५९५ र कर्णबहादुर बोहरा ५२९ मत ल्याएर पराजित भएका छन् ।

सहसचिवमा पनि चन्द प्यानलका दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन् । भट्ट प्यानलका घनश्याम भट्ट ५३० र रमेश कोली ५७४ मत ल्याएर पराजित भएका छन् ।

बैतडीमा १ हजार ४०९ मत रहेकोमा १ हजार ३४८ मत खसेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ४५ बजे

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि