कांग्रेस महाधिवेशन : सुनसरी १ मा पौडेल-कोइराला पक्षको प्यानलै विजयी « Khabarhub

कांग्रेस महाधिवेशन : सुनसरी १ मा पौडेल-कोइराला पक्षको प्यानलै विजयी


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरी क्षेत्र नम्बर एकको क्षेत्रीय सभापतिमा संस्थापन इतर समूहका सुजेन्द्र तामाङको प्यानलै विजयी भएको छ ।

धरान ८ सभागृहमा सम्पन्न निर्वाचनको मतपरिणामअनुसार पौडेल-कोइराला समूहबाट सभापति उम्मेदवार तामाङको प्यानल विजयी भएको हो । कुल मत गणना सम्पन्न हुँदा तामाङले ३९३ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी उम्मेदवार संस्थापन समूहकी लक्ष्मी खतिवडाले २१५ मत मात्र पाएर पराजित भइन् । विजयी तामाङले खतिवडाभन्दा १७८ मत बढी पाए ।

यसैगरी, सचिवमा तामाङ प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर विजयी भए । खतिवडा प्यानलका उम्मेदवारद्धय देवेन्द्र लिम्बुले २९३ र जयबहादुर लिम्बुले १७२ मत पाए ।

यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाएर विजयी भए ।

सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्वय नवीन ढकालले १६१ र नादर राईले २०७ मत मात्र पाएर पराजित भए ।

यसअघिका प्रदेशसभा अधिवेशन, नगर अधिवेशनमा पनि पौडेल-कोइराला पक्षले जितेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ५० बजे

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि