कांग्रेस महाधिवेशन : सुनसरी १ मा पौडेल-कोइराला पक्षको प्यानलै विजयी « Khabarhub

कांग्रेस महाधिवेशन : सुनसरी १ मा पौडेल-कोइराला पक्षको प्यानलै विजयी


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरी क्षेत्र नम्बर एकको क्षेत्रीय सभापतिमा संस्थापन इतर समूहका सुजेन्द्र तामाङको प्यानलै विजयी भएको छ ।

धरान ८ सभागृहमा सम्पन्न निर्वाचनको मतपरिणामअनुसार पौडेल-कोइराला समूहबाट सभापति उम्मेदवार तामाङको प्यानल विजयी भएको हो । कुल मत गणना सम्पन्न हुँदा तामाङले ३९३ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी उम्मेदवार संस्थापन समूहकी लक्ष्मी खतिवडाले २१५ मत मात्र पाएर पराजित भइन् । विजयी तामाङले खतिवडाभन्दा १७८ मत बढी पाए ।

यसैगरी, सचिवमा तामाङ प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर विजयी भए । खतिवडा प्यानलका उम्मेदवारद्धय देवेन्द्र लिम्बुले २९३ र जयबहादुर लिम्बुले १७२ मत पाए ।

यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाएर विजयी भए ।

सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्वय नवीन ढकालले १६१ र नादर राईले २०७ मत मात्र पाएर पराजित भए ।

यसअघिका प्रदेशसभा अधिवेशन, नगर अधिवेशनमा पनि पौडेल-कोइराला पक्षले जितेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ५० बजे

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।